+977-1-4794580/615
320 Views
1 loved this
सपनाको चाहनावमोजिम नै आमाको चौतारासँगै पापाको पनि राखियो ।
... ... ...
यो कथा खासमा भिराले गाउँको कथा हो।
बरडाँडाको बायाँपट्टिको फाँट, मैदान । मैदानमा गाढा नीलो जस्ताले छाइएको दुई तले लामो
घर छ । दश ओटा कोठाहरू छन्। बरण्डासहितको लामो बार्दली छ । दश वर्षअघिसम्म भवनको ठिक
बिच भागको अघिल्तिर डिलमा अग्लो र झ्याम्म परेको काभ्राको रूख थियो, केही वर्षअघि चट्याङले
हानेर अहिले यो आधा ठुटो मात्रै भएको देखिन्छ ।
बार्दलीको बारकोठिक बिच भागमा पुरानो हुँदै गरेको, नीलो पृष्ठभूमिसहितको ‘साइन बोर्ड’
राखिएको छ । केरमेट हुन खोज्दै गरेका सेता अक्षरहरूले बोर्डमा लेखिएको छ– ‘जनता माध्यमिक
विद्यालय, भिराले गाउँ, स्था– २०३१ ।’ र, यति एउटा विद्यालय हो– भिराले गाउँमा ।
सुरूमा पाँच कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । एकचालीस सालमा निम्न माध्यमिक भयो ।
माध्यमिक तह पढ्नलाई भने सदरमुकाम जानुपथ्र्यो । आधा दिन लाग्ने बाटो थियो। हप्ता दिनभरिलाई
पुग्ने सामल, खाजा र तिहुन–तरकारी बोकेर सदरमुकाममै डेरा लिनुपथ्र्यो । छपन्न सालदेखि भने
माध्यमिक विद्यालय भएको हो।
दुई हजार तेह्र सालमा राजा महेन्द्रले हिँडेको मूलबाटोले दुई गाउँ पर छोडिगएको सेपिलो र
ओसिलो गाउँ हो भिराले गाउँ । धेरै पहिलेसम्म यो गाउँलाई वारिपारिका मानिसहरूले होच्याएर भन्दा
कोक्ल्याँटे, बिब्ल्याँटे भन्थे। यो गाउँका मान्छेहरूलाई भन्थे– खोचेली । बाँदर नै लडिमर्छजस्ता दर्जनौं
भीरहरू छन्। र नै यो गाउँको खास नाम भिराले हो। बर्खा लाग्यो कि पहिरोको डर र भय भइहाल्छ
।
सत्ते खोला र बेहेरे खोलाले छेकेर भिराले गाउँको दायाँबायाँ सीमा बनाएका छन् । रमिते
चौतारादेखि उँभो पिपुवा डाँडासम्मको पूरै लेक जङ्गलले ढाकिएको छ । पहिलेपहिले गाउँभरिका
गाईभैँसीहरू यही जङ्गलमा चरन चरी आउँथे; अहिले ‘भिराले सामुदायिक वन’ भयो । गाईभैँसीले
गोठमै बाँधिनुपर्छ । गोठालो पाउँदैन गाउँमा । उँधोलाई सत्ते–बेहेरे दोभानले ट्याक्क छेकेको सिमानाभित्र
छ– भिराले गाउँ ।
पिपुवा डाँडा, रमिते डाँडा, बिप्लाँटे डाँडा र बरडाँडा, यी चार ओटा नाकजस्ता डाँडाहरू
करालो पर्दै क्रमैसँग सत्ते–बेहेरे दोभानतिर झरेका छन् । प्रत्येक डाँडामुनि कान्ले फाँटहरू छन् ।
बिप्लाँटे डाँडाको गोलढुङ्गामा मधुरो अक्षर लेखिएको छ– उचाइ १४०० मी. । माथि रमिते
चौताराढुङ्गामै नीलो रङ्गले लेखिएको देखिन्छ– उचाइ १६०० मी. । समुद्री सतहदेखि यति उचाइ
बिचमा छ– पाटीडाँडा । यो डेढ, दुई र तीन फिटे कान्लाहरू भएका गराहरूको फाँट हो । तर,
पाटीडाँडा नै भनिन्छ ।
पाटीडाँडा अर्थात् पछिसम्म पनि पाटीको अवशेषको रूपमा वरपर पक्की इँटका टुक्राहरू
भेटिन्थे । पाटीडाँडालाई दाहिने पार्दै तल सत्ते–बेहेरे दोभानसम्म झर्ने ठाडो बाटो उँभोखोलेहरूको
बेसाहा गर्ने बाटो थियो पहिले । त्यो वेलाको पाटीडाँडालाई चिन्ने एक मात्र पुराना मानिस भनेका
शूरवीर बाजे मात्रै हुन्। शूरवीर बाजे अर्थात्शूरवीर राई । दोस्रो विश्वयुद्धमा ब्रिटिश राजको सेना
भई लडेका, युद्धमा घाइते भएका र युद्ध सकिएपछि भने ‘डिस्क्वालिफाइड’ भई फर्केका । उनैबाजेले
नै भन्थेपाटीडाँडाको कथा । यसरी—
घ
‘दश बर्ख टेकेको मात्तैथेँ । उस्तरी त ख्याल छैन, अलेली मात्तै याद छ । याँ ठूलो पाटीघर
थ्यो। पकाको इँटाले बनाको। नब्बे सालको भुईंचालोमा परी पाटी भत्को। म पाँच बर्ख त म पूरै
पल्टने भइगएँ । त्यै वेला तीन नम्बरबाट कमाने देउजा बसाइँआएछ । पाखो र वनमाराघारी त थ्यो,
त्यै फाँडेर बसेछ । ऐले उसको सन्तान फैलेर चार घर भो। पैले त रिट्ठे दर्जीको एक घर मात्तै थ्यो।
उसको एकजना छोरी मात्तै हो– धन्सरी । तीन सालमा आको हो साइँला दर्जी । साइँला र धन्सरीको
घरजमबाट फैलेको हो– तीन घर । उँभोखोलाबाट बाइस सालमा आको हो– उँभोखोले राई । उसको
पन्दुई घर फैल्यो।’
नब्बे सालमा पाटी भत्कियो र पनि पाटीडाँडाको नाम भने भत्किएन । नौघरको वस्ती भए
पनि पाटीडाँडाको नाम मेटिएन ।
फाँटिलो जमिन छ तर पाखोबारीको फाँट मात्रै। जग्गाको माटो कालो चिम्ट्याहा छ । मकै,
गहूँर आलु मज्जैले फल्छ । कोदो भने दुःखैको मात्रै दाना लाग्छ । पोटिला बाला लाग्ने भनेको घामपानी
मिलेको साल हो। नलकै लागि भए पनि रोप्नुचाहिँ पर्छ नै। सिमसार र मूल छैन ।
पिपुवा डाँडामाथिको जङ्गलदेखि बरडाँडाउँधो बेँसीतिर लगेकै नालाबाट पाटीडाँडाको लागि
तीन धारा पानी छुट्टाइएको छ । छयालीस सालको हिउँदमा बनेको हो– सिमेन्टको धारो । नालामा
पानी नआएको वेला पार्टीडाँडादेखि पश्चिम–दक्षिणको गैरीधारामा पुग्नुपर्छ । पानी ल्याइपु¥याउँदा आधा
घण्टा बितिहाल्छ ।
पाटीडाँडामा आठ ओटा घरहरू सेता र नीला जस्तापाताका छानाहरूले टल्कन्छन् ।
घरहरूमध्ये पाटीडाँडामा जस्तापाताको छानो नछाइएको भनेको साइँला दर्जीको पुर्खौली घर मात्रै हो
। पुतली पाटामा झ्याल नराखी पूरै छानो छाइएको घर छ । गाउँभरिमा घुमाउने घर यही एउटा मात्रै
हो । खरको छानो छाइन्छ यहाँ । साइँला दर्जीको एक मात्रै छोरो मसिनाकुमारले आफ्नो जिउनीमा
राखेको घर हो यो। यो घर पूर्वपट्टि फर्केको छ । घर जता फर्केको छ, त्यहीँ छ आँगन । आँगनको
पल्लो छेउमा जोडिएको छ अर्को घर । यो घर मसिनाकुमारका माइला छोरा हँसिनाकुमारको हो। यी
दुई घर बिच भएको आँगनमा अलि बढी नै गेगरहरू पाइन्छन् । पछिल्लो समय टोलभरिमा अलि
अशान्ति भएका यिनै दुई घर हुन्। झम्की र उसकी भाउजूले वेलावेला ठासठुस मात्रै गर्दैनन्, पूरै
टोल नै खल्बलाइदिन्छन्। झम्कीकी भाउजूले अलि बढी नै उपद्रव मच्चाइदिन्छिन्।
नौघरमध्ये सडकदेखि चार फिटे कान्लाहरूको मसिना फोक्टाहरूमाथि छ– हँसिनाको घर ।
तीन कान्लामुनिको सबैभन्दा ठूलो टार गरा, त्यसैको छेउ काटेर ‘मध्य पहाडी राजमार्ग’ खनिएको छ
। भर्खर कालोपत्रे गर्न थालिएको छ र केही शान्ति मिलेको छ । नत्र त हिउँदभर धुलो उडेर बसिसक्नै
नहुने, बर्खाभर लेदो बगेर थामिइनसिकिने।
हँसिनाकुमारको घरदेखि पश्चिमपट्टि गैरीको खोल्सीसम्म अलि कोल्टो परेर पसिगएको पाखो
जमिन छ । निकै ठूलो पाखोबारी । कमाने देउजाका जेठा छोरा नन्दप्रसाद देउजाको जमिन हो यो।
बीस वर्षअघिसम्म छेउकुनै मकैकोदो फल्थे । डाले घाँसका लागि दुधिला, गोगुन र पैयुँका रूखहरू
थिए । अहिले बारी साँच्चै पाखो भयो। घरमुनिका चार ओटा गराहरू बाहेक अरू सबै बाँझा छन्।
चार गराका डिलभित्ता अम्लिसाले ढाकेका छन्। गरामा भने खर उम्रिन्छ । बाँकी त सबै उत्तिसघारी
।
बारीपुछारको भित्री घुम्तीमा काठ र टिनले बारेर बनाइएको लामो घर छ । कोठैकोठाको, दुई
तले। नन्दप्रसादकी छोरी मैयाले बनाएकी यो घरमा होटल थियो। खुब चल्थ्यो।
भिराले गाउँको बिहानको पहिलो झुल्के घाम र साँझको अन्तिम घाम लाग्ने यही पाटीडाँडाको
यति बस्तीमा नै हो।
द्ध
... ... ...
पाटीडाँडादेखि पूर्वको नाकीडाँडाको सपेटे भागमा पूरै जङ्गल छ । गोलढुङ्गालाई ठिक
साक्षीमा राखेर बाटोदेखि पारिपट्टि वनमारा र उन्युघारीले छोपिएको छ गाइखुरे ढुङ्गा । पहिलेपहिले
सर–सफाइ हुँदा चप्लेटी परेको ढुङ्गामा गाईको खुरको छाप प्रष्टसँगै देखिन्थ्यो। अचेल त नामोनिशाना
भेटिँदैन, मेटिइसकेको छ, ढुङ्गा नै पुरिइसकेको छ ।
बीस वर्षअघिसम्म गाईखुरे ढुङ्गालाई ‘गौरी गाईको पाइला’ पनि भनिन्थ्यो। ढुङ्गाको वरपर
पर्खालले बारिएको थियो। बटुवाहरूले फूल–फलेदो, अबिर–अक्षता, चाराना–आठानाका दानभेटी चढाई
जान्थे। यही ढुङ्गामा आ नो भाग्य–भरोसाको निधारले ढोगी जान्थे। क–कसको काम–कामना, इच्छा–
प्रार्थना पूरा भयो, तिनैले जानून् ! गाउँलेहरू प्रायः सबैले भरो–भाकल गरिरहन्थे नै । वारिपारिका
गाउँहरूसम्म ढुङ्गाको नाम चलेकै थियो, प्रशिद्धि फैलिएकै थियो।
कमाने देउजाले ढुङ्गाको स्याहार–सुसार गर्थे । आइतवारको बिहानभर उनी यही ढुङ्गाको
वरपर भेटिन्थे । धूप–धुवाँर गर्थे, बात्ती बाल्थे । घाउ–घमौरो, खत–खटिरा लागेका बालबच्चा लिएर
गाउँदेखि टाढा–टाढासम्मका आमाबाउहरू आइपुग्थे । यही ढुङ्गालाई साक्षी राखेर देउजा बूढाले
झारमौलो, जडीबुटी गरिदिन्थे। निको हुने विश्वास अडेको थियो– यो ढुङ्गासित ।
गाईखुरे ढुङ्गा रहेको जग्गाचाहिँशूरवीर राईकै नाम र नक्सामा छ । यो गाउँमा आउँदेखि नै
मानीपुजी ल्याएकोले देउजा बूढाको जिउ–परान रहिन्जेल सो जग्गा नखोज्ने कबुल शूरवीर राईले
गरिदिएका थिए । वरपरका खर–खरुकी देउजाकै गाईभैँसीले खान्थे।
... ... ...
पाटीडाँडाको बाँसझ्याङदेखि उँधो त जङ्गल हो। अहिले ‘देउजा सामुदायिक वन’ भनिन्छ ।
‘चार घर देउजाहरूले जिम्मावाल राईबूढासँग उहिल्यै पोतबिर्ता लिएको अरे । घाँसदाउरा,
चर्तीचरन, झिँझापत्कर तिनैको भइहाल्यो। उनार्को देवालीथान पन्त्यै वनकोबिचमा छ । खुल्ला
चउर बनाको छ । नापीनक्सा भने कसैको रैनछ । अइलेसामुदायिक वन बनाको छ । हिजोका दिनमा
देउजाहरूले गरेको रेखदेख र पानी–पसिनाको मूल्य नमेटियोस् भन्नाको खातिर सामुदायिक वनको
अगाडि देउजा थपिदेको हो।’ बीस वर्षअघिसम्म शूरवीर बाजेले सुनाउने कथा हो यो। त्यसवेला यो
गाउँमा सबभन्दा पाका मान्छे शूरवीर बाजे नै हुनुहुन्थ्यो। उवेला सतहत्तर वर्षका ।
यति हो इतिहास । बँचाइदिएका छन्भिराले गाउँमा सबैले।
देउजा सामुदायिक वनलाई दायाँ पार्दै पिपुवा जङ्गलमाथिको देउराली डाँडाबाट तल
फेदीसम्म ओरालो बाटो झर्छ । यो बाटोलाई गाउँलेहरूले ठाडीबाटो भन्छन्। बिप्लाटे नाकीडाँडाको
यही ठाडीबाटोको किनारामा छ चप्लेटी ढुङ्गा । आरानमा पोल्ने गोलजस्तै कालो रङको। गाउँलेहरूले
गोलढुङ्गा भन्छन्। आरानढुङ्गाको नामले पनि चिनिन्छ थोरै।
यति हुन्भिराले गाउँका विशेषता ।
Comments