+977-1-4794580/615
279 Views
0 loved this
आज पन्ध्र वर्षपछि पो सपनाले थामतिर हेरिन्। खास केही त हुनै पथ्र्यो; अहँ केही छैन । जस्तो कि यो थाममा पुरानो तर साह्रै जतनले राखिएको ।।।फिलिप्स रेडियो’ ́न्डिरहेको हुन्थ्यो। अर्थात्
त्यो फिलिप्सले यो थामबाहेक अरूतिर कहिल्यै सर्नु परेन, डेढ महीनामा ब्याट्री फेर्दा र प्रत्येक वर्ष नयाँ खोल फेर्दाबाहेक । फिलिप्सको लागि स्थायी स्थान थियो यो थाम । फिलिप्सको आफ्नै गौरव र गरिमा थियो। जस्तो कि प्रत्येक वर्ष उसलेनयाँ कपडाको खोल पाउँथ्यो। बरू यो घरका मान्छेहरूले कुनै साल नपाउन सक्थे नयाँ कपडा । फिलिप्सका लागि अनिवार्य
थियो, बोजूका तरानलेसकिन्जेलसम्म पनि ।
फिलिप्समा दुई ओटा फोकाहरू थिए । एउटा ठूलो र अर्को त्योभन्दा ठिक आधा सानो । रेडियोको माथिल्लो भागमा फिताजस्तो तेर्सो ।।।स्क्रिन’ थियो। फितामा अब्कहरू लेखिएका थिए । मेघा
हर्ज, मिडिवेभ, सर्टवेभ के के लेखिएका होलान्नै। ।।।रेडियो स्टेसन’का तरब्गहरू टिप्ने। ठूलो फोका घुमाउँदा त्यही फिताजस्तो स्क्रिनभित्र पहेँलो सिन्को सथ्र्यो । ख्याटख्याट गर्दै तरब्ग टिप्थ्यो र रेडियो
बज्थ्यो। त्यो वेला जहाँ नेपाली बज्थ्यो, त्यहीँ रोक्ने र सुन्ने त हो। सानो फोका भने रेडियो खोल्न, बन्द गर्न र आवाज ठूलो सानो पार्नलाई घुमाउनुपथ्र्यो । बायाँदेखि दायाँ घुमाएर ट्याक्क पारेपछि
रेडियो खुल्थ्यो । जति घुमायो उति ठूलो हुन्थ्यो । दायाँबाट बायाँ घुमाएर सानो आवाज पार्दै बन्द गर्नुपथ्र्यो । सपनाका आँखा खाटतिर दौडिए । जस्तो कि ताने गुन्द्री मात्रै पूरा ओछ्याइएको खाट ।
सिरानेपट्टि भने सिरनीलाई छोपेर तन्ना, सिरक र राढी दोबरिएको हुन्थ्यो । यसैमा अडेसो लाएर दिउँसोको समय बोजू एक निद्रा यहाँ सुत्नुहुन्थ्यो । बोजूको आफ्नै किसिमको आदत थियो । बाजे
बित्नुभएपछि लागेको एक प्रेमिल आदत । पाँच वर्ष पूरापूर भयो अरे। अँ, बाजे त्यसै गरी ढल्किनुहुन्थ्यो अरे। हरदमजस्तै रेडियो सुनिरहनुहुन्थ्यो अरे बाजे। समाचार आउँदा बाजेका कान रेडियोतिर चनाखा
हुन्थे अरे। बाजे अर्थात्शूरवीर राई ।
एकदिन—
।।।अब सुन्नोस्आधुनिक गीत ! अरूणा लामाको स्वरमा ।’ रेडियोमा छोरी मान्छेले यसो भन्यो
अरे। गीत बज्न थालिहाल्यो अरे। यसरी—
।।।सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कर्मैले हजुर आँसुमा म फुलेँ
कर्मैले हजुर आँसुमा म फुलेँ
म आफै भन्थेँ जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलेँ?’
अनुहार खुम्चाएर बाजे भित्तापट्टि फरक्कै फर्कनुभयो अरे । केही बेरमै घुर्दै निदाइहाल्नुभयो
अरे।
।।।बाजेले किन त्यसो गर्नुभको बोजू?’ पन्ध्र वर्षअघि सपनाले सोधिथिन्।
।।।खै... ।’
बोजूसित कुनै उत्तर थिएन ।
सपनालाई भने अनौठो लाग्यो। यति मिठो गीत पनि मन नपराउने कस्तो होला बाजे त ?
छ्या ! यस्तो लागिरह्यो निकै समयसम्म । निकै पल्ट यसको उत्तर उवेला पनि खाजेकी हुन्, मागेकी
हुन्बोजूसित ।
।।।सारै रौसे थो तेरो बाजे। रुन्चे गीत आयो कि जैल्यै अनुहार बिगारिहाल्थो।’ बोजूले भन्नुभयो
।
अर्कोना दिन—
।।।अब लोकगीतको कार्यक्रम सुरू हुन्छ ।’ – रेडियोले यसो भन्यो अरे।
बाजे त मिलिकमै उत्तानो परिहाल्नुभयो अरे। बाजेले उपरखुट्टी लगाइहाल्नुभयो अरे। नभन्दै
गीत बज्न सुरू भइहाल्यो अरे। यस्तो—
।।।साइँली रिमै चौरीगाई
́¥यो रिमै मधुवनैमा...’
बाजे त खाटबाट सिकुवामा झरिहाल्नु भयो अरे। गीतको तालमा ताल मिलाउँदै नाच्नु पो
थाल्नु भयो अरे । पिँढीमा बसेर पिरा बुनिरहनुभएकी बोजूलाई पनि बाजेले तानिलग्नु भयो अरे ।
बोजूका हात समातेर आफूसितै नाच्न लगाउनु भयो अरे। गीत सकिएको निकै बेरसम्म बाजे आफ्नै
पाराले नाचिरहनु भयो अरे। करिलो गरी बोजूलाई अँगालो मार्नुभयो अरे। अझै गाइरहनुभएको थियो
अरे– ।।।साइँली रिमै। साइँली रिमै।’
।।।को साइँली सम्झिन्छौ है ? म ता माइली पो।’ बोजूले हकार्नुभयो अरे।
।।।ल्या हौ!’ बाजे रातो न पिरो हुनुभयो अरे।
।।।बैँसको भुत चढो कि क्या हो ?’
।।।ल्या हौ!’ बाजेले कपाल कन्याउँदै अलि सरम माने जस्तै गरेर भन्नुभयो अरे, ।।।उवेलाको
हाटा सम्झिल्याएछुको नै।’
।।।त्यै साइँलीलाई ल्याको भा हुन्थो त । केना मलाई बे गरेको त ?’
।।।एकहोरी माया नै।’ खाटमा बसेर बाजेले भन्नुभयो अरे, ।।।के गर्नु त । देखेकोले नहुँदो रछ ।
म पल्टन गइहालेँ । पल्टनबाट फर्किंदाओर्दा त उसको बे भइसकेको थो।’
।।।साइँलीलाई माया मार्नु सकेको रैनाछौ त... ।’ बोजूले पनि ठुस्स परेझैँ गर्नुभयो अरे।
।।।माया त मूलको पानी जस्तै बगिरहँदो रछ नि त । बाँडेर पन्नसकिने। पुग्दो नै रछ ।’ बाजे
फिस्स हाँस्नुभयो अरे। भन्नुभयो अरे, ।।।तिम्लाई पन्पुगो। छोराछोरी भएपछिन्उनारलाई पन्पुगो।’
।।।उइस्! कसैको नभाको तिम्रै धेर माया...’
।।।चित्त पो दुखायौ कि ?’
।।।हैना । रमाइराको छु। बेस्मारी ।’
।।।जुरेको हुनुपर्दो रछ ।’ बाजेले बोजूलाई आँखा रसिलो पारेर हेर्नुभयो अरे । भन्नुभयो अरे,
।।।तिमी जुरेको रछौ। देखादेख भो। बातचित भो। मन परापर भो। बे भो। छोराछोरी भो। राम्रो भो
त ।’
।।।अँ तको नै। देम्सारो देम्सारो नि ।’
त्यसपछि बाजेले केही भन्नुभएन अरे। ओछ्यानमा पल्टिनुभयो अरे। फुस्लुक्कै निदाइजानु
भयो अरे। तर, यस्तरी निदाउनु भएछ कि कहिल्यै ब्युँझनु भएन अरे। त्यसपछि बोजूले हरेक दिउँसो
यही खाटलाई, ओछ्यानलाई निदाउने ठाउँ बनाउनुभएको अरे। त्यसयता बोजूले यसरी नै निदाउँदै,
ब्युँझँदै गर्नुभइरहेको छ, थियो।
... ... ...
।।।साने, ऐ चल्ला, यता आइजा !’ बोजूले बोलाउनुभयो।
बोजूले सपनालाई ।।।साने’ भन्नुहुन्थ्यो। जति ठूलो हुँदै आयो, ́न् ́न्साने भन्नुहुन्थ्यो, चल्ला
त जहिल्यै।
।।।बोजू, म अब ठूलो भइसकेँ ।’ सपनाले भनी ।
।।।यत्रो पन्हैना ! तँ नाथु मेरो लागि जैल्यै चल्ला । इः !’ बोजूले सपनालाई लोपार्नुभयो। त्यही
हातको बूढीऔँला र चोर औँलालाई ́न्डै जोड्याएर भन्नुभयो, ।।।इत्रु चल्ला ।’
सपनालाई बोजूको यही कुरा त बढी मन पथ्र्यो । ।।।चल्ला’ भनेपछि बोजूले कि मिसिरी
दिनुहुन्थ्यो कि त चकलेट मुखमा परिहाल्थ्यो। मिसिरी पाउँदा उसै दब्गदास, चकलेटले मुखै रसिलो।
बोजूको सामु जहिल्यै सानू चल्ला भइरहन पाइयोस्, यस्तै लाग्थ्यो।
।।।च्याँप च्याँप गर्।’ बोजूले भन्नुभयो।
।।।च्याँप च्याँप ।’ कुखुराको चल्लाजस्तै गरेर सपना बोजूको काखमा लुटुपुटु भइहाली ।
अहो ! बोजूको त्यो प्रेम । कस्तरी मिठो लाग्थ्यो बोजूको शरीरबाट आउने बासना । सधैँ
सुगन्धित ।
खै किन हो ? बोजूले परपर हेर्दै सपनाको कपाल मुसार्न थाल्नुभयो । निकै बेरपछि लामो
सुस्केरा हाल्नुभयो र भन्नुभयो, ।।।साने, चल्ला । म पन्आबो धेरै बाँच्दिनाँ होला । सारै दुःखो पाउँछस्
होला... ।’
बोजूले किन त्यसो भन्नुभएको होला ? उवेला यस्तो प्रश्न आउँदैन थियो मनमा । बोजूलाई
पुलुक्क हेरेकी थिई सपनाले। अहो ! बोजूका आँखाबाट पिलिलि आँसु झरिरहेको रहेछ ।
... ... ...
आठ वर्षअघिको कुरा हो।
।।।बोजू, म पास भएँ नि । सेकेण्ड डिभिजनमा ।’ बोजूको कोखेलोमा सपना लुटुपुटु भइहाली ।
।।।भइस्?’ बोजूको अनुहार उज्यालो भइहाल्यो । चाउरिएका गालाहरू लालीमय भइहाले ।
बोजूले सपनाको कपाल सुम्सुमाउँदै भन्नुभयो, ।।।स्याब्बास चल्ला !’
।।।अब म चल्ला होइन बोजू।’
।।।नकरा ! तँ नाथु मेरो लागि जैल्यै चल्ला ।’ बोजू भावुक हुनुभयो तत्कालै। भन्नुभयो, ।।।अनि
कति जाना पास भयौ त ?’
।।।तीन जना ।’
।।।सोमू, म र रबिन ।’
।।।बिपना नि ?’
।।।उ त फेल भो।’
।।।उस्!’ बोजूले लामो सास फेर्नुभयो।
बेलुका—
।।।पापा, म काठमाण्डू जान्छु।’ सपनाले भनी ।
।।।... ... ...’
।।।काठमाण्डूमा चैँ तेरो आमा छ र ?’ सानीमाले प्याच्चै भनिहाल्नुभयो।
आमा !
यो शब्दले सपनालाई सधैँजसो घाइते बनाइहाल्छ । खाँदाखाँदैको गाँस घाँटीमै अड्कियो । आँखाबाट आँसु बग्दै ́रेर थालको भातमाथि खस्न थालिहाले।
।।।बुहारी, बाठो नहोऊ ! यल्लाई गाली नगर भनेर कत्ति भन्नु !’ बोजूले मुखको चुच्चोले पापातिर देखाउँदै भन्नुभयो, ।।।जन्माएपछिन्लाई कर्म पन्दिनुपर्छ । यल्ले नगरी कल्ले गर्छ त ?’
खाँदाखाँदैको भात छाडेर बोजू जुरुक्कै उठ्नुभयो र सुत्नेकोठातिर जानुभयो । सपना पनि बोजूको पछिपछि दगुरिहाली । बोजूले आज बत्ती बाल्नुभएन । खाटमा त्यतिकै पल्टिनुभयो।
सपनाले भित्ताको स्विच थिची । बत्ती बल्यो। तर, आज उज्यालो चहकिलो लागेन । बर्खाको झरीले घाम नलागेर सोलारले बिजुली कम दिएको हो कि आँसुले धमिलाएको ? सपनाले देब्रे नाडीले
आँखा पुछी । बोजूले कुनै प्रतिक्रिया जनाउनुभएन । सधैँजसो सपनाको कपाल सुम्सुमाउनुभएन । खाटमाथि उत्तानो परेर दलिनतिर हेर्दै बोजू त्यतिकै टहलिनुभयो।
।।।च्याँप च्याँप !’ सपनाले बोजूको छेउ जाने उपाय रची ।
।।।पर जा नाथु!’ बोजूले सपनालाई हल्का ठेले ́ गर्नुभयो । बोजूको नाकबाट स्याँक्क गरेर
आवाज निस्क्यो। थर्थराउँदो स्वरमा बोजूले भन्नुभयो, ।।।तँअब ठूलो भइसकिस्!’ सपनाले बोजूलाई हेरी । अहो ! बोजूका आँखाहरूबाट त आँसु पो बग्दै थिएछन्। अविरल
धाराहरू बनेर ।
बोजूलाई खुसी बनाउनै पर्ने भयो। बोजूलाई सपनाले भाले भइदिएको मन पर्छ । सपनाले भालेले पखेटा फ्याट्फ्याट्गरे ́आफ्ना दुवै कुहिनालाई खुम्चाई । कुखुरीकाँ... गर्न खोज्दै गर्दा बोजूले
सपनालाई आफूछेवै तान्नुभयो। प्यारभरिको मायाले सपनाका कपालहरू सुम्सुमाउन थाल्नुभयो। ।।।तँ अब कोरली भइस्, अब कर्कराउनु थाल्छस्। जा काठमाण्डू ! म तँलाई पढाउँछु।’ बोजूले
भन्नुभयो।
सपना हिकिक्क भइहाली, ।।।च्याँप च्याँप’ गर्नै सकिन । जिन्दगीको यो अपार खुसी र कहाली लाग्दो दुःख बिचको पच्याबनेर केही त राहत मिल्यो । त्यस रातभर बोजूको खोकिलामा लपेटिएर
सपना खुब रोई ।
... ... ...
।।।हेर बुहारी, यल्लाई आमाको कमी हुनु कहिल्यै नदिनू !’ बोजूले सानीमालाई सधैँ हपारिरहनुहुन्थ्यो। बोजू बित्नुभएको आज ठिक पाँच वर्ष भयो। बोजू सुत्नेकोठामा सरासर पसी सपना । हेरी
यताउता । अहँ, केही छैन । बोजू हुनुहुन्न र त केही छैन । उफ्! बोजूको सम्झना आउने कुनै पनि चिजबिजहरू छैनन्। केवल दुईटा उही खाट छन्तर तन्ना, सिरानी, सिरकहरू पनि अरू अरू नै छन्
। एकपल्ट विक्षिप्त भइहाली सपना । हठातै, सिकुवामा आई । कठै ! यहाँ पनि उही त हो। खाट रित्तै छ । बोजू हुनुहुन्न र त धेरै कुराहरू रित्तै छन्। आज बेस्कन चल्ला हुन मन छ,
बोजूको काखमा लुटुपुटु हुन मन छ तर बोजू हुनुहुन्न र केही छैन । र त फेरि केही हुन मन पनि छैन । भाले नै पो भइसकिएको हो कि ? वा धेरै अर्थमा पोथी भइसक्नु पो पर्ने थियो कि ? थाहा छैन । तर,
कल्चे मिसिरीको यादले मुख उसैउसै, त्यो वेलाकै जसरी रसिलो गराउन भने खोजिरहेकै जो छ । तर, बोजू हुनुहुन्न र खल्लो लागिरहेको बेहद छ ।
थाम उही छ तर बाजेको पालाको फिलिप्स रेडियो छैन । खाट उही छ तर विशाल हृदयसहित सल्बलाउने बोजूको अनन्त माया र अडेसो छैन । सिकुवा उही छ तर त्यो वेलाको जस्तो गाढा सेतो
कमेरो छैन । अलिअलि हरियो जस्तो देखिन्थ्यो, सिमेन्टको रबजस्तो, केही फुस्रो। तर, बोजूको प्रेमले गर्दा होला, सबै सबै उज्यालो लाग्थ्यो। चम्किलो लाग्थ्यो। अहिले चून टल्किएको छ भित्तामा । तर,
बोजूको त्यो प्रेम टलक्क छैन यो वेला । रातो माटोले रब्गिने भाग अहिले बैजनी रबले रब्गाइएको छ । कालीमाटोको भुईंचाहिँ अहिले हरियो गोबरले लिपिएको छ ।
बोजू बितेपछि सानीमाले कालीमाटो चलाउन छोड्नुभयो । बोजूको पालाभरि त गोबर चलाउनै दिनुभएन ।
।।।गोबर पन्गुहु हो। गुहुले भुईं लिपेर हुँदैना । माटो नै राम्रो।’ बोजू यसै भन्नुहुन्थ्यो।
माटोको कुरा के हो ? किन हो ? त्यसको अन्तर्य सोधिएन कहिल्यै । आज पो चुकचुक
भइआयो एक्कासि । बोजूजसरी नै खाटमा पल्टिइन्सपना । दलिनतिर हेर्दै उसरी नै। र आउन थाले
ती दिनहरू झलल...
Comments