Give us a call

+977-1-4794580/615

धुन : कथा शृङ्खला— तीन

127 Views

loved this

।।।सबैले भन्थे मायालु फूल भई... ।’ स्वर खिप्दै मात्र के थिई सपना एकाएक रोकिई । उसले

देउकी भाउजू र पापातिर ध्यान दिई ।

।।।काका, अब चैँ हामीलाई छुटाइदिनैपरो!’ भाउजूले भनिन्।

।।।फेरि झगडा गर्यौ ?’

।।।तेस्को बाउको मुत धोकेर आएछ ! हाँडाभाँडा केही पन्बाँकी छैन । थाम, ढोका काटेर केही

राखेन । म त रातभर पल्लो घरमा... ।’ भाउजू हिकिक्क भइन्। उनका आँखाबाट पिलिलि बग्दै आँसुले

चिउँडोसम्म भिजाइहाल्यो । मजेत्रोको एक छेउले आँसु पुछेर उनले भनिन्, ।।।पल्लो घरकै पन् ढोका

लात्ताले हानेर । रातभरि खेदो गरिरह्यो।’

।।।तेल्लाई भएको के हो ? चाइएको के हो ? सधैँ बाझोजुझो गरेर मात्रै हुँदैन । म सोधुँला,

बुझुँला ।’

।।।छोरा चाइएको होला नि काका ।’

।।।त्यसो पनि होइन होला... ।’ पापाले सपनातिर पुलुक्क हेर्नुभयो।

।।।निहुँ नै तेति हो काका ।’ भाउजूले एकपल्ट लामो पाराले खुइ्यय गरिन् । भनिन्, ।।।मेरो

कोखबाट जायजन्म हुँदैन भन्ने पन् था छँदै छ । आब खसिगो । बाटोले खाइगो । तपैँले सम्झाई

दिनुहोस्! अर्को ल्याउँछ भने पन्ल्याओस्। गरिखाओस्। मेरो छोरीहरूलाई नियाँ गरोस्। म बाधा

बन्दिनँ ।’

।।।त्यसो नभन बुहारी ! हामी गाउँ–समाज छौं, देख्छौं । मरिहालेका छैनौं, बुझ्छौं । तिम्लाई

अन्यायमा पर्न दिँदैनौं ।’

।।।खै काका, यसपाल त सुक्का ल्याएन । भट्टीमै सकायो होला ।’ भाउजू उसरी नै आँखाभरि

लछप्पै भिजिसकेकी रहिछिन् । यसपल्ट दायाँ बाहुलाले आँसु पुछेर उनले भनिन्, ।।।छोरीहरूको गाँसै

अड्किसक्यो।’

।।।म सम्झाउँला । तिम्ले पनि तेल्ले नखाको वेला यसो फकाएर सोध्नू ! के रैछ विचार ?’

पापाले भन्नुभयो।

।।।नखाको वेला सास फेर्न सक्ने होइन । उँधोमुन्टो मात्तै गरिबस्छ । भट्टी छिरेपछि पो

बहुलाइहाल्छ त । राँगा भइजान्छ !’

।।।हो है हुन त ।’ पापाले लामो सास फेर्नुभयो। भन्नुभयो, ।।।भट्टीमा छिरेपछि जोसुकै बहुलाइहाल्छ

। भट्टीको रितै उस्तो। जोसुकै बहादुर ।’

सपनाले देखी कि देउकी भाउजू असाध्यै कमजोर छिन् । टिल्टिलाउँदा आँखाहरू बाहिरै

निस्कन आँटेका छन्। अनुमान गरी कि रातभर रोइन्होला, आँखाहरू राता र अनिदा देखिन्छन्। तिनै

आँखाका बिचबाट ओरालो झर्दै उनको नाक ओठमाथिबाट टुसुक्क उठेको छ । हड्डी र छाला मात्रैको

अनुहार छ । निधार र नाकको टुप्पामा चायाँका राघे पोताहरू बसेका छन् । तिनका धर्सैधर्साहरू

उकाला–ओराला, तेर्सा र बाब्गा अनि असाध्यै अनियन्त्रित लाग्छन् । बोधको विनिमय त्यहीँ कतै

सल्बलाइरहेझैँ अनगिन्ति नियतिहरूले मानौँ त्यहीँ घर गरिरहेका छन्। तिलकोठीका छापहरू बाक्ला

छन्, तिनले पनि कतिपय दुर्दशाहरू नै कहिरहेका होलान् । कपाल बाँधेकी छैनन्, त्यतिकै गुजुल्टा

पारेकी छिन्। पातलोर पुरानो घुर्मैलो रबको मजेत्रोले एक सप्को मात्रै बाँधेकी छिन्।

 

टिब्ग्रिब्ग अग्ली छिन्। लामो बाहुलावाला टिसर्ट र कुर्कुच्चासम्मै छोप्ने लुब्गीले बेरिँदा त

झनै अग्ली देखिन्छिन्। साढे पाँच फुट उचाइकी छ भन्छन्सबैले। सदरमुकामको अस्पतालमा पाँच

वर्षअघि नापेको हो रे। कान्छी छोरी जन्मँदा अस्पताल लानुपरेको थियो रे। के के हो के के नाप्दा

उचाइ पनि नापेको अरे । सेतो कुर्ता–सुरुवालमाथि सेतै कोट लाउने नर्सले नापेकी हुन् अरे । यसै

भन्छिन्भाउजूले।

नाककान बुच्चै छन्। देब्रे नाडीमा भने सेतो टल्किने चुरा छ । त्यो चाँदीको हो। गलामा

हरियो पोते कहिल्यै छाड्दिनन्। विवाहिता हुनाको चिनो। पतिव्रताको पना पनि होला नि । बिहेयता

कहिल्यै फुकालेकी छैनन्अरे। दायाँ आँखामाथि डिलमा बैजनी डाम छ । आजको खास नयाँ हुलिया

यही थपिएको छ– भाउजूमा ।

।।।सप्ने, ए सप्ने ! के सुनिबस्छस्है त्याँ?’ सानीमाले चर्को स्वरमा हपार्नुभयो।

।।।ला !’ अहिले पो सपना झसब्ग भई । एकोहोरो भएकी रहिछे देउकी भाउजूमा ।

।।।भित्र आएर पोतो लगा भनेको। कतिबेर भो?’ सानीमाको गनगन रोकिएन, ।।।उसकै बाउ छ

क्या बिगार्ने त । छोरीलाई यसो हकारपकार नि गर्नु सक्दैन । काम लगाउनु छैन, नानाथरि कुरा

सुनायो, बस्यो...। ।’

पापाले सपनातिर पुलुक्क हेर्नुभयो।

।।।जाऊ छोरा ! आमाले भनेको गर !’ पापाले भन्नुभयो।

अहिले पो याद भयो, दायाँ हातमा बोकेकी रहिछे पोतो। ऊ पोतो लिनै भनेर बाहिर आएकी

थिई । भाउजूका कुरामा त्यसै अल्मलिइछे। ऊ दगुरेर चुलामा आई । उसले पोतोलाई एकपटक कसिलो

गरी निचोरी । अघि नै डेक्चीमा पानी राखेकी थिई, पोतो चोबली । चुलाको वरिपरि पोत्न थाली ।

दिमाग भने देउकी भाउजूका कुरा, पापाको कुरा र सानीमाका कुराहरूमा रुमलिन थाल्यो। तर, सबै

सबै कुरामा प्रश्न मात्रै उठे, उत्तरबिहीन ।

सुखमान दाजुका दुई छोरीहरू छँदै छन्। पुतली जस्ता, राम्री राम्री । ठूली त पढाइमा पनि

तगडा छे। दिमाग तेज छ । एकपटक भनेको, सुनेको कुरा टपक्कै टिपिहाल्छे, कहिल्यै भुल्दिन । तेल्लाई

राम्ररी पढाउनु। सानीलाई पनि विस्तारै ठूलीले बाटो देखाइहाल्छे। अहिलेसम्म उसैले त खेलाएकी छे,

डुलाएकी छे, क, ख, ग, घ सिकाएकी छे। ए, बी, सी, डी लेख्न जान्ने बनाइसकेकी छे। अब्क चिन्न,

भन्न सिकाएकी छे। बाउआमाले हात पक्रेर पेन्सिल घुमाउन परेन क्यारे। बाउआमाले स्कुल पु¥याउन

परेन, उसैले डो¥याएकी छे। दिदीको पछि लाग्दालाग्दै सानी स्कुले भइसकी । दुवैलाई राम्ररी पढाए,

ज्ञान दिए पछि तिनैले गरिहाल्छन्। घरको एकसरो काम पनि त ठूलीले धान्न थालिसकी । बिहान–

बेलुका चुलोचौको भियाइदिएकै छे। सुख त आइहाल्छ नि सुखमान दाजुको। छोरा नै चाहियो भनेर

कति न दुःखी भएको ? कहीँबाट एक भारी रिस उप्किहाल्यो । मुखभरि थुक आइहाल्यो । दगुरेर

जस्केलामा गई । ।।।थु’ गरेर बाहिरतिर जोडले थुकी । फरक्कै फर्किई । फेरि पोतोमै आई सपना ।

अँ, अब भाउजूबाट जायजन्म हुँदैन रे ! पहिल्यैदेखि भन्नुहुन्थ्यो, आज पनि भन्नुभयो। आब

खसेको रे !

।।।यै बाटोले आब खायो मेरो।’ जहिल्यै जस्तो भाउजूले यसो भन्नुहुन्छ । अनि तल बाटोछेउको

पसलतिर हेरेर अनुहार बिगार्नुहुन्छ । उदास भएर भन्नुहुन्छ, ।।।के के खाने हो नि अब...।’

यो आब भनेको के हो ? भाउजूले के भन्नुभएको हो ? अझै बुझ्न सकेको होइन । बुझिएला

कुनै दिन ।

 

चौकोमा पोतो लाइसकेर सपना बाहिर आई । पोतोलाई निचोरेर सुकाउन खोज्दै गर्दा उसका

आँखामा चम्किलो प्रकाश झिलिक्क भयो। उही बाटोछेउको घरको छानो, सेतो जस्तापाताको। त्यसैको

प्रकाश रहेछ । सपनाले हत्केलाले आँखामा आएको प्रकाश छलेर एकपल्ट हेरी तल । धुले सडकतिर ।

गैरीको पुछारलाई ठिक फन्को मार्दै दोभानबाट माथि रमिते डाँडासम्म फेरो हानेर पूरै

गाउँलाई फनफनी पार्ने यो सडक खन्न थालिएको दश वर्ष पूरा भयो । पिच हुने सम्भावना अझै

देखिन्न । गाउँलाई नै पूरै धुलोले पुरुँलाझैँ गरेर हिउँदभरि सवारी साधनहरू भने चल्छन्।

पापाले भन्नुभएको हो– पापा काठमाडौँ जानुअघिसम्म यो ठाउँमा केही पनि थिएन रे ।

गाडीको बाटो आउने भएपछि विस्तारै बस्ती बस्न थालेको रे। भएभरका बारीका गराहरू नै बाटो (

सडक) हुन थालेका हुन्रे। बाटोका छेउछेउ डेरा, कटेराहरू बन्न थालेका रे। अहिले त ती पनि घर,

पक्की घरमा बदलिसकेका छन्। झन्डै दुई दर्जन घर, पक्की घरहरू बनेका छन्यो बस्तीमा ।

 

... ... ...

 

कथाहरू थुप्रै छन्यो नयाँ बस्तीमा । झम्की दिदीले सुनाएको कथा यस्तो पनि छ थपमा ।

जस्तो कि—

धुले सडकको किनाराछेउ बाँसको भाटाले बारेको, चित्राको छानो छाएर दुई कोठे सानो

कटेरामा भट्टीपसल थापेकी थिई मैयाले। मैया अर्थात्यो बस्तीमा अहिले उनको चल्ती नाम भएको

छ– भट्टिनी । भट्टिनी मैया ।

सुरूसुरूमा मैयाले आलुदम, छनुवा जाँड, रक्सी, बिस्कुट र चाउचाउ मात्रै बेच्थी । एउटा

कोठा ग्राहकलाई र पकाउने चिजका लागि काफी थियो । वेलावेला भने आफै सुत्ने कोठामा पनि

मान्छे बसाउनुपथ्र्यो । रक्सी र सुकुटीले भने राम्रै नाफा गथ्र्यो क्या रे।

दश वर्षअघिको कुरा हो । कार्तिक महीनाको सुरूमै दसैँको छेको पारेर मनिम कतारबाट

आयो। तीन वर्ष कतार बसेर छुट्टीमा आएको, साथीभाइसँग रमाइलो गर्ने भयो। गाउँमा रमाइलो गर्ने

ठाउँ लायकको भन्नु मैयाकै भट्टीपसल न थियो, त्यहीँ गयो। भट्टी जो बल्छी पनि त हो, मान्छेहरू त

माछा न हुन्, बल्छीमा नपर्ने कुरै हुँदैनथ्यो। मनिमचाहिँ पो कहाँ जोगिन्थ्यो र ?

मन लागेको कुरा जेजस्तो होस् मैया खुल्लमखुल्ला गरिदिन्थी । जोसुकैसँग किन नहोस्,

मसक्क मस्किदिन्थी, फिस्स हाँसिदिन्थी । खुलेआम जिस्किदिन्थी । ढेपासिएर चेब्रे घसेझैँ गरिदिन्थी ।

हातै हालेर जहाँसुकै चिमोठिदिँदै चलिदिने मैयाको बानी थियो। देख्नेलाई पो लाज, ऊचाहिँ मरीमरी

हाँसीदिन्थी । मानौँ, ऊभित्र किञ्चित दुःख छैन । मनिमले मैयाबाट पाएको उपहार यही थियो। हिमचिम

बढ्न थालिहाल्यो।

 

एकदिन—

।।।अब त मब्सिर लाग्यो... ।’ मनिमले मैया सुत्ने कोठाको ठूलो ऐनामा आफूलाई हेरेर भन्यो।

।।।अनि के भो त ?’ मैयाले भनी ।

।।।अब त बिहे गर्ने उमेर भएन र ?’

।।।भयो नि ।’

।।।अनि किन नगरेको त ?’

।।।कल्ले पत्याओस्!’ मैयाले मनिमको छातीमा हल्का ढेस मारिदिई ।

।।।पत्याउँछ नि, किन नपत्याओस्!’ मनिमले भन्यो,

।।।पत्याउने मान्छे चिन्नुप¥योनि । भन्न मात्रै नसकेको हुनसक्छ ।’

।।।सिधै भन्नुप¥योनि ।’ मैयाले भनी, ।।।मलाई त खुल्ला भन्नुपर्छ । घुमाएर कुरा गरेको मरिगए

बुझ्ने हुइनँ । त्यस्तो त मन पनि पर्दैन ।’

।।।... ... ...’ मनिम केही बोलेन, ट्वाँ परेर मैयालाई मात्रै हेरिरह्यो।

।।।ऐ, के भो?’ मैयाले मनिमको चाकनेर बेस्सरी चिमोठिदिई । हठातै मनिमको छातीमा आफ्नो

कुमलेजोडका साथ धक्का मारिदिई । भनी, ।।।किन नबोलेको ?’

।।।कि कि किन पनि होइन...’

।।।घोरी !’ मैया मनिमको नजिकै गई ।

।।।हामी बिहे गरौं !’ मनिमले भित्र कहीँबाट आँट ल्यायो र भन्यो।

।।।छ्या ! यति भन्न पनि यत्रोबेर घोरिनुपर्छ त ?’ मैयाले सहजै भनिदिई । थपी, ।।।बरू कहिले

पो ?’

।।।यति हतार ?’

।।।पैँतीस वर्ष लागिसकियो। यतिकै फुल्न आँटियो। अब पनि हतार नगरे कैले गर्नु त ?’

मैयाभन्दा तीनै वर्ष कान्छो त रहेछ । मनिमले यति तीन वर्षको फरकलाई असहज अलिकता

पनि मानेन ।

नभन्दै—

दुई हप्ता नबित्दै मनिम र मैयाको रनघनले बिहे भयो।

बिहे गरेको ठिक दुई महीनापछि मनिम कतार फर्कियो। मैयाको मन एकतमासले विचलित

भयो। हाहाकार हुन थाल्यो। भट्टी चलाउने बानी, भट्टीमै रमाइलो गर्नुपर्ने— घरधन्दा र मेलापात गर्नै

सकिन । मन थाम्नै सकिन, लोग्नेलाई फोनमा भनिदिई, ।।।म त पसल नै गर्छु। तिम्रो खेतबारी खन्न

सक्दिनँ ।’

 

भर्खरै बिहे गरेको, उसै मन पराएको । विदेशको ठाउँमा झलझली याद आइरहने, माया

लागिरहने । मनिमले बाबुआमा, भाइबहिनीहरूले के भन्लान् भन्ने सोच्दै सोचेन, फ्याट्टै भनिदियो—

।।।हुन्छ । बरू, म साथीभाइसँग काढेरै भए पनि दुई लाख थपिदिन्छु। ठूलै पसल राख्नू !’

यति भए के चाहियो ? मैयाले भोलिपल्टै घर छाडिदिई । पुरानै पसललाई सजाउन थाली ।

लोग्नेले पठाइदिएको दुई लाखले पसल बढ्यो। विस्तारैविस्तारै माग पनि बढ्न थाल्यो नै।

पुरी, तरकारी, समोसा थपियो। थुक्पा, मःमः, चाउमिन, थप्नै पर्ने भयो। हरेक दिन कि सुकुटी साँध्नै

पर्ने कि त लोकल भाले काट्नै पर्ने हुन थाल्यो। तोब्बा भिजाउनुपर्ने हुनै थाल्यो।

विस्तारैविस्तारै बसहरू रोकिन थाले । तिनले खाजा खाएरै जान थाले । ट्रक–ट्याक्टरहरू

बिसाउन थाले। खानाकै ।।।अर्डर’ हुन थाल्यो। दाल–चामल, तिहुन–तरकारी थप्नै पर्ने भयो। बाँसको

भाटाले बारेको दुईटा मात्रै कुच्रुक्क परेको कोठाले नपुग्ने भयो, टिनले बारेका अरू चार ओटा कोठाहरू

थपिए । एउटा कोठा त भर्जिनदेखि सिग्नेचरसम्मका बोतलहरूले नै भरिन थाल्यो । अर्को कोठामा

प्याकेटका प्याकेट खैनी र चुरोट, कार्टुनका कार्टुन बिस्कुट र चाउचाउ, तेल–चिनी–मसला, बोराका

बोरा दालचामल आदिले भरियो। दुई ओटा कोठामा ग्राहकहरू अटीनअटी हुने नै भए । हुँदाहुँदा बास

नै माग्न थालियो। तब— कटेराले नपुग्ने भयो। टिन र काठले बारेर बाह्र ओटा कोठाको दुईतले घरै

बनाइयो।

 

भाग्यको खोला नै बगिआए जस्तो एकैछिन फुर्सद हुन छाड्यो । खाना, खाजा खानेहरूको

ताँती नै लाग्ने। रक्सी खानेहरूको घुँइचो त थामिनसक्नै हुने। आमा र बहिनीले त सघाउँदै नै थिए,

अरू पनि मान्छे थप्नुपर्ने भयो। झम्की र उसकी छोरी बिपना पनि कामदार थपिए । पाँचजनालाई

पनि रातको एघार बजेसम्म भ्याइनभ्याइ हुन थाल्यो। सौराज मिनिट्रक र महिन्द्रा ट्याक्टरहरूले बोकी

ल्याउने सामानहरू, ह्वीस्की, ब्राण्डी, जिन–भर्जिन र बियरका बोतलहरू थपिन्थे, फेरि सकिन्थे ।

थप्दाथप्दै, सकिँदासकिँदै घरको दोस्रो तलामाथि बार्दलीमा ठूलो साइनबोर्ड पनि राखियो । बोर्डमा

लेखिएको छ, यस्तो– ।।।मैया होटल एण्ड लज, नयाँ बस्ती, भिराले।’

... ... ...

 

बिहानै उठेर अनुहार धोइपखाली गरेपछि मैयाको पहिलो काम आँखीभौँ र परेला बनाउनु

हुन्थ्यो। आँखालाई गाजलले लपक्कै पारेपछि पातला ओठलाई बाक्लो गरी रब्गाउनु उसको त्यसपछिको

कर्म हुन्थ्यो। त्यसपछि नबपालिस चम्काएर कुमकुमसम्म मात्रै झर्ने बुलबुल कपाललाई स्याहार्नु आधा

घण्टाजति नै लाग्थ्यो। कोठाको भित्तोमा आफूसमानकै अग्लो ऐना राख्नु उसको पहिल्यैदेखिको सौख

हो, त्यही ऐनामा आफूलाई हेर्दै फिस्स हाँस्नु, आफ्नै शरीरको बनोट देखेर दब्ग पर्दै गर्दा झम्कीले

दालचिनी चिया ल्याइदिई हाल्थी । चिया पिउँदै ऐनामा आफूलाई पन्ध्र मिनेटजति त पक्कै हेर्थी—

नाकभरि चम्कने जून–फुली, दुवै कानमा झुम्के, गलाभरिको सिक्री, नाडीभरिका तोलाका

तोला चुरा, औँलाभरिभरि औँठी, सम्पूर्णमा पहेँलै सुनमैया भएर रहनु मैयाको सौख जो छँदै थ्यो,

कमाएकी थिई, लाएकै थिई । अर्को अर्थमा आदतै भइसकेको थियो। फग्लेँटो परेका दाँतहरू सेताम्मे

चम्काएर हाँस्दा दुवै गालामा खोबिल्टा बसिदिन्थ्यो, उसै दब्ग परिहाल्थी । पुस्ट छाती छँदै छ, बारुली

कम्मर छिनेकै छ । हिप पनि सुहाउँदिलो र टिमिक्क छँदै छ । यति भए के चाहियो ? चालीसेले

बोलाउँदै ल्याएर के भो ? ढल्किँदै आउने उमेर नाथेको रत्तिभर डर छैन । छैन कुनै विष्मय पनि ।

मैयाको होटलमा जो कोही झुम्मिने भइहाले, मारामारले चल्न थालिहाल्यो। यसैमा छ खुसी, यसैमा

छ ध्यान ।

ट्याक्टरेहरू यहीँ बास बस्छन्। बसका ड्राइभर–खलासीले खाजा–नास्ता यहीँ खान्छन्। सौराज

मिनि–ट्रकका मालिक, ड्राइभरहरूले एक रात त कुनै पनि बहानामा बिताइदिन्छन्। सडकका ठेकेदार,

कुल्ली–कामदार, जब्गलका आरावाल वा लुडो, क्यारेमबोर्डमा झुत्ती खेल्ने ठिटाहरू नै किन नहुन्?

मैयाको होटल सबैको चौतारी हुँदै हो। जोसुकैको गोजी यो होटलले रित्याएकै छ । जोसुकैको होस

गुम गराएकै छ । होटलको रित जसो हुन्छ, त्यसो गराएकै छ आखिर ।

।।।मैयालाई लच्छिन्लागेकै हो।’ मान्छेहरूले यसै भन्छन्।

... ... ...

 

।।।सप्ने!’ फेरि सानीमा कराइन्। भनिन्, ।।।पानी ले छिटो ! अघि नै भनेको होइन ?’

हो त साँच्ची । सपना अब तब्ग्रिई एकछिनको सपनाबाट । ऊ हतारै गाग्रो बोकेर धारातिर

दगुरी । धारामा पानी थापिरहँदा, धाराको धरर आवाजसँगै उसले गुन्गुनाई– ।।।... कर्मैले हजुर आँसुमा

म फुलेँ ।’

 

 

Comments

Involve yourself in social, political and economic empowerment of women and girls.