+977-1-4794580/615
454 Views
32 loved this
।।।ला... ! ममि, पानी त छैन ।’
।।।के भन्छ ?’
।।।हो के। इ हेर्नू त !’ बिपनाले सिल्बरे गाग्रो नै ढल्काइदिई ।
।।।लौ न नि ! काममा जानु ढिलो भइसक्यो । मार्छे फेरि मैयाले ।’ झम्कीले हतारैमा गाग्रो
उठाइन्। बाहिर निस्किएर डोको उठाइन्अनि थाप्लोमा नाम्लो अड्याइन्। यस्तो हतारोमा कि तब
मात्रै डोकोमा गाग्रो लगाइन्। भित्रतिर हेर्दै बिपनालाई भनिन्, ।।।गिलेन लिएर आइजा नानी ! छिटो।’
झम्कीले चाँचाँडो गरेर पाइला सारिन्। जर्किन बोकेर बिपनाले आमालाई पछ्याई ।
धेरै भयो—
धेरै भयो गैरीतिर नआएको। झम्कीले मनमनै गनिन्— अहो ! ठ्याक्कै एघार वर्ष पो भइसकेछ
। मन केही गह्रुब्गो भयो। वेचैन जस्तो कस्तो कस्तो गरी अप्ठेरो भएर आयो।
धारादेखि अलि वर ढिस्को जस्तोमा पुगेर झम्की टक्क अडिइन्। यहाँ त पहिले ठूलो फाँग
भएको पात्लेकोरूख पो थियो । ढालेको धेरै भइसक्यो कि क्या हो ? फेद पनि माटो भएर ढिस्को
भइसकेछ ।
त्यही पात्लेको फेद त हो । पात्लेको पत्कर सोहोरेर चिल्लो भुईं बनाउन थाल्थी झम्की ।
त्यसै कटुसका काँडाहरू, हत्केला र औँलाहरू भरिभरि बिझिहाल्थे। चसक्क दुखिहाल्थ्यो।
।।।आत्था नि !’ झम्की रुन थाल्थी ।
।।।फेरि काँडा बिझ्यो?’ देव झम्कीको हात समाउन आइपुगिहाल्थ्यो। भन्थ्यो, ।।।सेउलाले सोहोर्दा
भइहाल्थ्यो। तिमी त जैल्यै यसै गर्छौ के।’
झम्की आँसुसरि भइसकेकी हुन्थी । देवले आँसु पुछिदिन्थ्यो। बिस्तारैबिस्तारै गरेर हत्केला र
औँलाका काँडाहरू झिकिदिन्थ्यो। अनि सेउला लिएर भुईं सफा गथ्र्यो । यस्तो सफा गथ्र्यो कि अहिल्यै
चिप्लिएर लडिजाउँला जस्तो भुईं चिल्लो न चिल्लो हुन्थ्यो। झम्की गोजीबाट गट्टाहरू झिक्थी । तब,
गट्टा खेल सुरू हुन्थ्यो।
देव गट्टा खेल्न उस्तरी जान्दैनथ्यो। झम्कीले कोरी लाउन थाल्थी । बीस कोरीसम्म त ठिकै
हुन्थ्यो, त्यसपछि भने देव झेल गर्न थाल्थ्यो। घरि गट्टाहरूलाई जोडिदिन्थ्यो, घरि परपर हुत्याइदिन्थ्यो
। नत्र पनि नयाँ नयाँ नियम बनाएर झम्कीलाई हराउने ध्याउन्नमा लाग्थ्यो। तब, झगडा सुरू हुन्थ्यो
। देव अलि छुच्चो थियो, उसले पिटिहाल्थ्यो । झम्की रुन थाल्थी । देव पल्लो रूखको फेदमा गएर
ठुस्स पथ्र्यो । झम्की रुन छाड्दिन थिई । देव आउँथ्यो र झम्कीको आँसु पुछिदिँदै फकाउन थाल्थ्यो,
।।।नरोऊ न के !’
झम्की झनै हिक्हिक्काएर रुन्थी ।
।।।म पनि रुइदिन्छु अनि र... ।’ देव भन्थ्यो।
झम्की चुपो लाग्थी, भावुक भइहाल्थी ।
खै कहाँबाट पल्टा मारी आइपुग्यो त्यो विगत, ती पलहरू ? क्षणभरमै झम्की भावुक भइहालिन्
। त्यसरी नै बिझोस्काँडा, त्यसरी नै झेल गरोस्देवले। पिटोस्त्यसरी नै। जेजस्तो होस्, अन्तिममा
त माया गथ्र्यो नि ! मन एककिसिमले बहकियो कतै। धारोदेखि तलतिर हेरिन्। पहिलेको सिमखेत त
उत्तिसघारी पो भइसकेको रहेछ । राईबा अर्थात्शूरवीर राईको सकपछि धान रोप्न सकिएनछ कि ?
यस्तै लाग्यो। राम्ररी नियालिन्। उत्तिसका फेदवरपर मसिनामसिना हरिया पोथ्रापोथ्रीहरू देखिन्छन्।
झम्कीले आफैलाई एकपटक दाँजी हालिन्— के गर्ने जग्गाधनीको हातपाउ रहेपछि कसले गरोस्?
खेत पनि बाँझै बस्दो रहेछ, बारीभरि तितेपाती घारी न हुँदो रहेछ । धर्ती त उराठै लाग्दो पो हुँदो
रहेछ । आइमाई नाथेको जिन्दगी पनि यस्तै त होला, ज्यान गल्दै र सुक्दै गएपछि कसले पो नाप–
नक्सामा भरिदेओस्!
।।।ढ्याबढ्याब... ढ्याबढ्याब !’ झम्की झसब्गैभइन्। तर्साउने पो आयो कि के हो यतिवेलै
?
जर्किनलाई ढ्याब्ग्रो बजाउँदै बिपना नजिकै आइपुगिछे। झम्की सतर्क भइन्। उनी सरासर
धारोतिर अघि बढिन्।
धारोमा कोही त अवश्य छ । आँखाले अलि परको राम्ररी ठम्याउन सक्दैन । उसो त यी आँखा
पहिल्यै कमजोर हुन् । धमिलो आकृति छ । केही हद कतै, कहिले हो परिचित भए जस्तै लाग्छ ।
कताकता मन हतासिन्छ र बतासिन खोजेझैँ हुन्छ । पाइलालाई छिट्टै पु¥याऊँ पनि भइहाल्छ । फेरि
अर्कै किसिमको विरक्तिले तत्कालै रोकिहाल्छ । त्यहीँ थकित गराउँछ, मुटु थर्थरिन्छ र क्षणभब्गुरलाई
टक्क रोकिन्छिन्। फेरि— मनै त हो, मनलाई दरिलो नबनाई धरै हुँदैन । कसिलो कस्नै पर्छ र करिलो
पार्नै पर्छ । जसो त होस्, झम्कीले आफूलाई अगाडि बढाइन्।
नजिकमा के पुग्छिन्, शरीर सिरिबसिरिब भइहाल्छ—
कोही त अवश्य हो, एउटा पुरुष ज्यान काछीमा मात्रै छ । कपडामा साबुन दल्नमै व्यस्त
त्यसले दायाँबायाँ हेरेकै छैन । छड्के परेकोले उसको अनुहार आधा मात्र देखिएको छ । कतै त अवश्य
चिन्या नै हो। शरीरमा मासु कम छ, हड्डी र छाला मात्रै भनूँ न ! करबको आकृति राम्रै देखिन्छ ।
यतातिर हेर्ला र पूरा देखूँला भनेको, अझ घोप्टो परेकौप¥यैछ ।
।।।अँ...खम !’ झम्कीलेहल्का चाल दिइन्।
ऊ पनि थरब्ग भएको थाहा भइहाल्छ । आकृति सजक हुन्छ र झम्कीतिर फर्कन्छ ।
नचिन्या कहाँ हो र ? बस, उही त हो । देव नै त हो । अहो ! मुटुमै तीर लागिहाल्छ ।
तमासतमासले नशाहरू झन्झनाउँछन्। झम्की धारोकै सिँढीमा थचक्क हुन्छिन्। एक प्रकारको, मानौँ
न कुनै युद्धमा तत्काल हार स्वीकार गरिएको क्षणलेझैँ गिलित्त गल्छिन्। धन्य होस्, जीवनले सहने
शक्ति पाएकै छ र । साहस त गर्नै पर्छ, गर्नै पर्नेछ यहाँ पनि । तर, तर के पो भन्ने होला ? ओठहरू
अवाकै थर्थर भइहाल्छन्।
।।।अरे झम्! तिमी ?’
।।।अँ ।’ झम्कीले यति मात्रै भन्न सक्छिन् । मुन्टो निहुराउँछिन् । अरू धेरै बोलूँ लागेर पनि
सक्दिनन्। खै किन हो ? त्यसैत्यसै थामिन सक्दिनन्।
देवले पनि त केही भन्दैन । क्वाक्र्वार्ति भइरहेको होला, दिल लगाएर मायालु भइरहेको होला
वा पराया आँगन सिँगार्नेलाई हेयले, घृणाले पो सोच्दै छ कि ? यस्तैयस्तै लागेर झम्कीले मुन्टो उठाउनै
सकिनन्। जसरी धारोको पानी उँधो झरेर एकोहोरो आवाजमा धरर... गरिरहन्छ, त्यसरी नै उनी पनि
निहुरमुन्टी भइरहिन्धेरैबेर ।
।।।ढ्याब्ढ्याब... ढ्याब्ढ्याब !’ उसै गरी जर्किन बजाउँदै बिपना आइपुग्छे।
हो, बिपना सत्य हो। कहाँकहाँबाट फर्केर अकस्मात आइपुगे जसरी झम्की होसमा आउँछिन्
। हतासै डोकोबाट गाग्रो निकाल्छिन्, धारोको पानीमा पखाल्छिन्र पानी थाप्छिन् । सिधा हेर्नलाई
ह्याउ छैन, फेरि कताकता उडिजान्छिन्— देवले चाहिँ के सोच्दै होला ? कसो ठान्दै होला ? दुःखले
पखाली लगेको यो ज्यानको जवानीलाई कस्तो मान्दै होला ? यस्तै त्यस्तै।
।।।ममि, पानी भरियो।’
फेरि बिपनाले यथार्थमा फर्काएर ल्याइदिई । झम्कीले गाग्रो उचालेर भुईंको डोकोमा राखिन्
। ज्यान गलिसकेको हो कि भर्खरै मात्र मनले गलाएको हो ? आज गाग्रो निकै गह्रौं लाग्यो । अझ
डोकोसहित उचालेर सिँढीमाथि चढाउनु छ । उचाल्न खोज्छिन्। खै किन हो ? आज अलि गाह्रो छ,
तन कमजोर त्यसै त्यसै भयो। बिपनालाई हेर्छिन्— जर्किनमा पानी थाप्दै आफैलाई एकोहोरो हेरिरहेकी
छे। बिनासित्ति कराइहाल्छिन्, ।।।कोर्काली कहीँको ! याँ, डोको उचाल्न सघा !’
।।।म सघाउँछु नि !’
।।।पर्दैन ।’ झम्की अनायासै झर्किन्छिन् । टुक्रुक्कै बसेर डोकोको नाम्लो टाउकोमा
अड्याइहाल्छिन् । एकपलक छड्के आँखाले हेर्छिन् । लाग्छ– खियाउटे भएछन्, किन होला ? अहँै !
जिनसुकै होस्।
।।।... ... ...’
झम्कीको यही बानी छ, ऊ स्वयंलाई अलच्छिनको हो, भन्ने लाग्छ । आमाले सानैदेखि यही
कुरामा सुझाउने गर्नुहुन्थ्यो । उता, पोइको घरमा सासु, जेठानीहरूले खै गरेकै हुन् । अहँ, कहिल्यै
सुधार्न सकिएन । भाग्य र भविष्यअनुसारकै आनीबानी हुर्किन्छ अरे ! यस्तै त होला, खोटो कर्म !
जुरुक्क उठ्छिन् । गाग्रोको भारी सहजै उठ्छ । देवले पछाडिबाट उचालिदिएछन् । मनभरि माया
पलाउन कति न बेर लागोस् ? पिर्लिक्क हुन्छिन्, आँखाबाट मायालु मोतिका दानाहरू तिरिरि
खसिहाल्छन्। यति बोल्छिन्, ।।।गएँ म ।’
।।।जाने र ?’
।।।जाने। कसको खुसको लागि पो बस्नु ?’
केही प्रतिक्रिया आउँदैन ।
झम्की सरासर हिँड्छिन्। बिपनालाई भन्छिन्, ।।।छिटो गर्नानी !’
बिपनाले पछिपछि पछ्याएको चप्पलको आवाज कानभरि छ तर दिमागमा अतीतका मिठा
पलहरू अटेसमटेस भएर सँगसँगै आइरहेका छन्। यसरी—
।।।होसले पस्नू है!’ पुछार गरामा बिउ लिएर झर्दाझर्दै देवले भनेकै थियो, ।।।केटाहरूले खाल्डो
खनेको हुन्छ नि ।’
।।।त्यै खाल्डोमा गाडिनँ भने... ।’ भन्दाभन्दै झम्की चिप्लेर खाल्डोमा झ्वाम्मै परेकी थिई ।
कम्मरमाथिसम्म हिलो र पानीले लछप्पै भिजेकी थिई ।
झम्कीले अघि देखेको उत्तिसघारीतिर हेर्छिन्।
त्यहाँ सिमखेत थियो, सिमखेतमा रोपाइँ थियो । फाँटिलो सिमखेत, उही दिन मेलो थालेर
यही सक्नुपर्ने गैरीघरको पुरानै चलन । पाँच बजेतिर बाउसेहरूले उपद्रो गरेर खाल्डो खनिहालेछन्,
झम्की खाल्डोमा परिहाली । गलल हाँसेर सबैले जिस्काइहाले । मर्नुको रिस उठेकै हो । के गर्नु ?
मैझारोको मेलो। तब रुनु न हाँस्नु हुँदै झम्की घरतिर दगुरी । धोइपखाली भई । फर्केर जाऊँ लागेको
हो तर किन हो ? गइन । ओछ्यानमा पल्टा मारी ।
रत्ना र देवी लिन आएका थिए । झम्कीलाई यति भए पुगिगयो, दब्गाएर सुतिदिई । फुस्लुक्कै
निदाई ।
ब्युँझँदा बाहिर झमक्कै अँध्यारो झरिसकेको रहेछ, भित्र कोठामा एक चिम्टी उज्यालो पनि
थिएन । झम्की ओछ्यानमा त्यतिकै टहलाउँदै थिई– पिर्लिक्क उज्यालो बल्यो र आँखैमा तिर्मिरायो।
उसले देखी– ऊतिर टर्चलाइट तेर्सिएको थियो।
।।।को?’ झम्की ओछ्यानबाट उठी ।
टर्चलाइट अझ नजिक आयो।
।।।को भनेको ?’
।।।म ।’
।।।को म ?’
।।।म के... ।’ देवको स्वर थियो।
।।।किन आको त ?’ झम्की केही पछाडि हटी ।
।।।लिन नि ।’ देवले च्याप्पै समातिहाल्यो, अँगालोमा बेरिहाल्यो।
अहो ! कुनै पुरुष अँगालोले यसरी र यस्तरी अँगालोमा बेरेको पहिलो पटक थियो। खै कस्तो
रित हो कुन्नि ? शरीरमा एक प्रकारको सर्सराहट आयो। नशाहरू एकाएक रोमाञ्चक बने। मनले
मान्यो। झम्कीले नाइँ भन्न सकिन, न त तोडले उम्कने कोसिस नै गरी ।
।।।ऐ, किन पो बौलाको...? ।’ यति मात्रै सोधेकी थिई झम्कीले।
।।।बौलाको हैन, छिप्पेको।’ यति नै भनेको हो देवले पनि ।
त्यसपछि ? त्यसपछि त के के भयो के के। एकदमै अनियन्त्रित । किन भए, कसरी भए, ती
सबै सबै अचेतले भए । नाजवाफ भए । उवेला के थाहा ? के थाहा, के हो त्यो ? भित्रभित्र कतै
चाहका छालहरू पहिल्यैदेखि दबिरहेका थिए होलान् नै, तिनैले जितेर भए होलान् नै । अहिले
सम्झिल्याउँदा पो फिस्स मुस्कुराइन्झम्की ।
के गर्नु र ! प्रेम थियो, प्रेम नै थियो। जात थियो र पो बाधा... अनि आफै दुःखी भइन्झम्की
।
... ... ...
।।।ममि... ।’ विप्लवले एकाएक लुब्गीको फेरो समातिहाल्छ । बेस्कन रुन थालिहाल्छ त्यो।
।।।के भो ?’ भर्खरसम्मको अतीत एकाएक अतीततिरै भागिहाल्छ । झम्कीले विप्लवलाई
सोधिहाल्छिन्, ।।।के भो ?’
।।।माइजूले कुट्नु भो।’ बालापन न हो, आमालाई देख्नासाथ विप्लव झनै ठूलो स्वर गरेर रुन
थाल्छ ।
झम्कीको कन्पारो तातो भइहाल्छ । रिसको राग बढ्न थालिहाल्छ । वेगमै घरभित्र छिर्छिन्।
गाग्रो बिसाउन खोज्दा झन्डैले लड्छिन्। जसोतसो थामिन्छिन्तर एक छल्का पानी भने गाग्रोबाट
छछल्किन्छ, उनी ढाडभरि भिज्छिन् । अघि धारोमा डोको उचाल्दाको पल मिलिक्क हुन्छ । पुरुष–
साथको महत्व चसक्क भएर झन्डैले क्षणभरको मायावी लोलाउन पो खोजिहाल्छिन्।
।।।ए, बिझाइँ गर्ने, अनि उल्टै पोल लाउने ! पख न भान्जा, अब खाउला कुराउनी... ।’ बाहिरबाट
भाउजूको गनगन चर्कै स्वरमा आउँछ ।
।।।खै छोड्त नानी !’ झम्कीले विप्लवलाई पन्छाउँछिन्। हतारै भित्र गएर गाग्रोलाई गग्रेटोमा
बिसाउँछिन्। हतारै ऊ खाली डोको बोकेर बाहिर निस्किन्छिन्। विप्लव झनै ठूलो स्वरमा रुन थाल्छ
। बुहारी आँगनमा खरेटो लाउँदै हुन्छे । आमाको मन पो त, एकै सासमा भाउजूलाई हपार्छिन्— ।।।ए
भाउजू, किन सहँदैनौ ? यो नाबालकलाई कुटेर के पाउँछौ ? के जित्छौ ? केही गरेको भए मलाई भन्नु
सक्दैनथ्यौ ?’
।।।केको नाबालक ।’ भाउजूजो मुखाल्नी छँदै छिन्, प्याच्चै भनिहाल्छिन्, ।।।लाठे भइसक्यो तिम्रो
छोरा । भनेको केही टेर्ने होइन । हेर्नू उखुघारी ! सोत्तरै पारेछ ।’
झम्कीले उखुघारीतिर हेरिन् । कलिला उखुहरू फाँडेर भुईंभरि छपक्कै छन् । अब रिस
छोरोसित स¥यो। उनी कुदेर उखुघारी जान्छिन्। छिनभरमै एक लाक्रो उखु ल्याउँछिन्र विप्लवको
ढाडमा स्वाम्मै सुम्लाउँछिन्।
।।।लु खा उखु!’
उखु भाँचिएर तीन ठुन्का हुन्छ ।
।।।नाइँ ममि... !’ विप्लव भुईंमा तनक्कै हुन्छ ।
।।।ममि... !’ बिपना चिच्याउँछे। त्यसले जर्किन त्यतिकै छोडिदिइछे, भुईंमा थचारिएर फक्लक्कै
हुन्छ । जर्किनको पानी ह्वात्तै पोखिन्छ । ऊ विप्लवलाई छाँद हाल्न पुग्छे, काखमा लिइहाल्छे।
।।।मेरो रिसले छोरा मारौला है बैनी !’ बढार्दाबढार्दैको कसिब्गरमाथि नै खरेटो फालिराखेर
भाउजूघरभित्र पसिजान्छिन्।
।।।ममि, भाइ !’ बिपना कहालिन्छे।
।।।नानी !’ तब पो अतालिन्छिन्, झम्कीले हठातै विप्लवलाई बिपनाको काखबाट तानिल्याउँछिन्
।
।।।... ... ...’ विप्लव अवाक्छ । सास फेर्न पनि सकिरहेको छैन ।
।।।विपू, ओइ नानी ! लौ न नि ! के भो मेरो छोरा !’
झम्कीले एकै सास जस्तोमा विप्लवलाई झाँगलझुँगल पार्छिन्। छोरोको दुवै काखीमा समातेर
जुरुक्क उठ्छिन्र छोरोलाई आकाशतिर उफार्छिन्। बेस्कन कराउँछिन्, ।।।विपू ! बोल्न मेरो छोरा !’
।।।ममि...! ।’ विप्लव कहालिएर रुन्छ ।
झम्कीले विप्लवलाई काँधमा ल्याउँछिन्। छोराका दुवै गालामा अगणित म्वाइ खाइदिन्छिन्।
आफू सिकुवाको भित्तोमा अडेस लगाएर बस्छिन्र विप्लवलाई काखमा राख्छिन्। फेरि एकपटक जोडले
विप्लवको गालामा म्वाइ खान्छिन्र भन्छिन्, ।।।लु भयो अब ! चकचक धेर गर्छौ नि त । अनि पो
आमाले कुटेको त । माफ गर मेरो छोरा !’
आमाको माया पो त ! केहीबेरको रुवाइपछि विप्लवले हिक्का मात्रै छोड्न थाल्छ ।
।।।नाटक धेर देख्नुपर्ने के हाम्रो घरमा !’ भाउजूबाहिर आइसकेर पनि फेरि खरेटो लाउँदै
रहिछिन्।
भन्नलाई त बान्ता नै आउलाझैँभइआएकै हो। कम्ता थिएनन्कुरा । के गर्नु र ! छोराछोरीका
कारण धेरै कुरा सहनैपर्दो रहेछ । मुखभरि बुजो लाउनै पर्नेरहेछ– छोराछोरीहरूकै लागि । झम्कीले
आजै मात्र चाल पाइन्।
तीन वर्ष भयो—
विप्लवले आफ्नै भाउजू चन्द्रीलाई टिपिहिँड्यो । बाँकी केही रहेन । त्यल्ले भाउजू टिपेन,
इज्जत चुँडायो र भुईंमा पछा¥यो। कुल्चयो र माटोमा मिलायो। कता लापत्ता भयो कुन्नि ? खोजीनीति
गर्ने ठावैँ रहेन, दिएन । ।।।लोग्ने हो नि’ भन्ने आड पनि नरहने भइगयो। माया भन्ने नामको घर रसातल
भइगयो। रुन मन लागेर पनि रुन नसकिने, बरू रिसै मात्र गर्नुपर्ने, बरू कठोर मन गरेर बिर्सिदिनुपर्ने
बनाइदियो। मनमा कतै छ भने पनि झिकेर फालिहाल्नुपर्ने बनाइहाल्यो।
झम्की आफूलाई पनि लागेको हो– अब फालिदिऊँ इज्जत । एक मनले त सोचेकै हो– कसैले
पनि नचिन्ने ठाउँमा गएर बाटोमा बसेर मागिखाऊँ ! बरू इज्जत त्यहाँ पो मिल्थ्यो कि ? गरिखानलाई
एक चपरी जमिन नाइँ । मरिजाँदा पनि सात हात जमिन माइतीले मरिगए दिने होइनन्। पिलिक्क
रोइदिने बाउ छैनन्, आमालेपिर गर्लिन्तर बिस्तारै मन बुझिआउँदो नै हो। दुःख बिसाई भनेर चित्त
बुझाउँदी नै हुन्। तर, निर्दोष छोराछोरी, कलिला मुनाहरू, यिनैको अनुहार हेरेर थाम्नु प¥यो– आफूबाट
भत्किरहने पहिरोलाई ।
... ... ...
पाँच कक्षा पनि पास गर्न सकिन । सत्र टेक्दाटेक्दैबिहे भइहाल्यो। आसामे आरावाल, पैसा
बेस्कन कमाउँछ भनेर आँखा चिम्लेरै बाउआमाले बिहे गरिदिए । बिहे भएको महीना दिनमै आसाम
गईहाल्यो। त्यसपछि न चिठी न खबर । अभागी कर्म ! आठ महीनापछि आउनुपर्ने लोग्ने एकै चोटि
धरानमा चेपिएर म¥यो भन्ने खबर पो आयो । लोग्ने भन्नेको साथ र माया केवल महीना दिनलाई
मात्र पाई उसले । वर्ष दिनसम्म सेतो पहिरनमा बसेकी ऊ वर्ष दिनपछि माइत आई । जेठानी,
नन्दहरूको ।।।पोइ टोकुवी’का वचन–दुर्वचनहरूले गिलित्त गलेकी उसले लोग्नेको घर बस्ने आधारै के
थियो र ? माइतीमै बस्न थाली । पढाइ छुटेकै थियो, सम्बन्धहरू पनि छुटे, टुटे। साथी–सब्गीहरू छुटे,
छुटेर टाढा भए । माया, प्रेम जताउने उही देव थियो, ऊ पनि काठमाडौँ गइसकेको थियो। उतै बिहे
ग¥यो अरे। क्षेत्रिनी अरे। ठिकै छ त । समाजले छुत त कम्तिमा मान्छ ।
के गर्नु ? आफ्नो त प्रेम पो छुत, अरू त सबै अछुत । समाजले यसै भनिहाल्छ, गरिहाल्छ ।
खै, माओवादी भन्नेहरूले केही गर्लान्नि अब । लड्न थाल्या छन्अरे। तर, कहिले सक्ने हुन्लडेर
? तिनले लडिसक्दा आफ्नो उमेरले, जवानीले नेटो काटिसक्ला । तब विप्लवसँग बिहे गरेकी थिई
झम्कीले।
नौवर्षकी छोरी र सात वर्षको छोरो लिएर झम्की माइत आएकी हुन्। आमाको रेखदेख गर्छु
भन्ने छ । भाउजूको डर सधैँ छ । कतै लोग्नेको घर खान नसक्ने भन्ने वचन पो लाग्ने हो कि ?
शब्का छ ।
माइती आएको केही दिनदेखि नै भाउजूसित आगलठेगल परिरहेकै छ । निहुँ छोराछोरीकै
कारणले हुन्छ । कति पो बोल्नु ? कति पो बाझ्नु ? आफ्नै कर्ममा खोटो परेपछि किन पो मुख चोसो
पारिरहनु ? दाजु पनि भाउजूकै लोलोपोतोमा लय मिलाइहाल्छन् । बाबु त पहिल्यै माटो भइसके ।
आमाको जिउनी खान आई भन्ने ठानेका छन्। आमा सक्दिनन्। छोरीको यस्तो हालत देख्दा चित्त त
दुख्दो हो नि, नसक्ने भएपछि के गर्नु र ?
माइतीमा बस्न एकैछिन मन छैन तर जाने कहाँ ? भाग्यले, कर्मले लघारेर घुमाईफिराई यही
ठाउँमा ल्याइपु¥याएको छ । यसो सम्झिल्याउँदा— मनजीत सरले फकाएकै थिए, मानिएन । सुकवीर
साहुले नमागेका होइनन्, मानिएन । पेन्सने काकाले हत्ते हालेकै हुन्, मानिएन । आफ्नै भाग र भोग
त होला, मानिएन । नमान्नु बनायो— यिनै छोराछोरीको मायाले। यिनकै लागि मरीमरी बाँच्नुपरेको
छ । पटकपटक मरीजाऊँ नभएको होइन नै तर कहाँ सजिलो छ र मर्न ?
देव पनि फर्किएछन्काठमाडौँबाट । छोरी लिएर आएका अरे। विदेश गएकी उनी श्रीमती
बिचरी वर्ष दिन पनि नबित्दै उतै बितिछिन्। अब नफिर्ने अर काठमाडौँ । यतै दुःखोसुखो गर्ने अरे।
यस्तै यस्तै सुनेको हो कसैबाट । आज देख्न पाइयो। कस्तो कस्तो पो भइआयो, भइरहेछ अझै। के
के सोचिपठाएर झम्कीले बारीको डिलतिर हेरिन्। कस्तो मिठो संयोग ! यहीवेला सरर गरेर बतास
चल्यो। पैँयुका फूलहरू फुरुरु उडिझर्छन्यहीवेला । यहीवेला मनभित्र पनि अनौठो प्रकारको बतास
चल्न थालिहाल्छ । सरर...
Comments