+977-1-4794580/615
256 Views
0 loved this
।।।सुखमान दाजु, नमस्ते।’
।।।नमस्ते।’ सुखमान दाजुले शिरदेखि खुट्टासम्म, खुट्टादेखि शिरसम्म हेरे। भने, ।।।ए...! सप्ना बैनी
होइन ?’
।।।हो त दाजु।’
।।।झन्नै पो चिन्नु सकिनँ ।’ थर्थर काप्दै गरेजस्ता हातहरूले मस्काइसकेर गाग्रोलाई धारामा
थापेपछि सुखमानले भने, ।।।अनि कहिले आउनुभो ?’
।।।तीन दिन भयो दाजु।’
।।।अलि दिन रहनुहुन्छ नि ?’
।।।रहन्छु दाजु।’
।।।लु राम्रो भो।’ सुखमानले पानी भरिएको गाग्रो उचालेर सिँढीमा राखे। भने, ।।।हाम्रो गाउँ त
ठिटाठिटीहरूले छोडिगएको ठाउँ भैगो। फर्किआउने कोइ पनि भएन ।’
।।।अनि दाजु पो आउनुभएछ ।’ सपनाले गाग्रोतिर इसारा गर्दै सोधिन्, ।।।भाउजू, भदैनीहरू नि
?’
।।।बुइनीलाई था छैन र ?’ सुखमान मलिन भए ।
।।।छैन दाजु। के भयो र ?’
।।।कसरी होस् पनि त । सहरको भैहाल्नुभो ।’ सुखमानले ट्राउजरको गोजीबाट खैनी झिकेर
एक फ्वाँक ओठमा च्यापिहाले। भने, ।।।तपैँको भाउजू त दैवको भैहालो। पाँच वर्ष हुन आँट्यो। ठूली
छोरी ज्वाइँको घर गयो। सानीचैँ भोजपुर बस्छ । उतै सानोतिनो काम गर्छ । दुई वर्ष भो। इ... अहिले
म एक्लै।’
सपनाले अहिले पो देखिन्कि सुखमान दाजुका आँखाबाट खस्न खोज्दै रहेछ दुःख । रसिला
भइसकेका रहेछन्। व्यर्थै सोधेछु भन्ने भइआयो। नमिठो लाग्यो। उनी निःशब्द भइन्।
।।।लु म त गएँ है बैनी ।’ सुखमानले गाग्रो उचालेर देब्रे काँधमा चढाए । भने, ।।।वेलावेला त
गाउँ आउँदै गर्नोस्है। माया नमार्नोस्है।’
।।।हस । आउँछुनि दाजु।’
सुखमान दाजु गए । सपनाले हेरिपठाइन्। देखिन्कि उनी खोच्याउँदै खोच्याउँदै जाँदै थिए ।
अहो, मानिसको दुःख ! कस्तरी समातिरहन्छ दुःखले ? यस्तै लाग्यो।
।।।...अर्को ल्याउँछ भने पन्ल्याओस्। गरिखाओस्। मेरो छोरीहरूलाई नियाँ गरोस्। म बाधा
बन्दिनँ... ।’ देउकी भाउजूले पापासित भन्नुभएको कुरा पो याद भइआयो। साँच्चै, भाउजू त कहिल्यै
बाधा नबन्ने भइसक्नु भएछ ।
... ... ...
धेरै पहिले हो, सुखमानले देवसित सोधेथ्यो—
।।।अनि कि काका, मेरो अनुहार त कि किसन काकासँग पो अलिअलि मिल्छ नि ?’
।।।नकरा है!’ देवसित कुनै जवाफ थिएन । जवाफ दिने खास तर्क पनि थिएन, यतिकै भनिदिए,
।।।मिल्छ त एउटै ठाउँको पानी खाएपछि, एउटै गाउँमा हुर्किबढी भएपछिन्।’
होला त नि, जान्नेबुझ्ने मान्छेले भनेको कुरा हो। सुखमान चुपो लाग्यो। उसले नसोध्नुमै
हित ठान्यो। देवकै कुरा हो मान्यो। त्यसयता कहिल्यै सोधेन । न देवलाई, न त अरू कसैलाई । बरू
एक वर्षसम्म लापत्ता भयो। आज बल्ल टुप्लुक्क देखा प¥यो।
।।।खोइ काका, ढोग्छु!’ सुखमानले देवको खुट्टामै ढोगिहाल्यो।
।।।पर जा है मु... !’ देव अर्कोपट्टि फर्किए ।
।।।नरिसाउनू न काका !’ सुखमानले देवलाई अँगालो मा¥यो। भन्यो, ।।।बरालिएर खाको छुइनँ ।
काम गर्दै छु।’
।।।खै छोड्!’ देवले निकै नै उत्साहित भएर सोधे, ।।।अँ । अनि काम चैँ के गर्दै छस्नि ?’
।।।गाडीमा काम गर्छु काका ।’ सुखमानले एक बण्डेल वाइवाइ, एक बण्डेल बिस्कुट, एक पोका
चिनी र दुई प्याकेट चियापत्ति लिएर आएछ । देवको अगाडि राखिदियो र भन्यो, ।।।यो मेरो कोसेली है
काका ।’
।।।भित्र काकीलाई दे न !’ देवले सुखमानलाई नियालिहाले– लामो कपाल पालेछ, कानमा कुण्डल
́ुन्डाएछ । अनुहार ́नै पुक्कपुक्क भएछ । नाक थेप्चो।
।।।काका, ट्याक्टर त चलाउँछु तर यसैले जिन्दगी चल्दैन ।’ सुखमानले यसै भन्यो।
।।।किन ? काम गरिरहेकै छस्क्यारे।’
।।।लाइसेन्स छैन काका । अहिले पो भन्सुन र लियादियामा चलिरहेको छ । पछि त चल्दैन ।’
।।।ए मोरा ! लाइसेन बिना पनि गाडी चलाउने हो त ?’
।।।के गर्नु काका ? बाउले नागरिकता बनाइदिएन । नागरिकता बिना लाइसेन्स बन्दैन ।’
।।।किन ? के भन्छ र तेरो बाउ ?’
।।।मेरो छोरा नै होइनस्भन्छ ।’ सुखमानले खिन्न अनुहार बनायो । भन्यो, ।।।ऊ त त्यो वेला
पेलाइमा परेको अरे !’
।।।हो त हकि... ।’
देव निकैबेर घोत्लिरहे । केही बोलेनन् । बरू कुनै निर्मिमेष तामेलीले देवलाई नै जित्यो ।
देवका आँखाहरू निस्तेज फारिएका फारियै भए, अनुहारमा खैरोपनाले झपक्कै छोपिल्यायो।
।।।काका, के सोच्नुभाको?’ सुखमानले सोध्यो।
।।।अँ ।’ झसब्ग भएझैँभएर देवले भने, ।।।जगमान दाइको कुरा पनि मनासिबै छ । उसको पनि
लफडा नै धेर छ ।’
।।।तै त काका । कोही नभाको नेता उही भको छ ।’
।।।पख्है, म सल्लाह गर्छु !’
।।।सम् ́ाइदिनोस्न काका !’ सुखमानले भन्यो, ।।।नागरिकता भए म आफैगरिखान्छु। कसैको
अंश चाहिँदैन । सपाब्ग छु तर अपाब्ग जस्तो भको छु।’
।।।ल ल ।’
।।।हस्काका । म जान्छु। आसिक दिनोस्!’ सुखमानले देवको हातमा निधार राखेर ढोग्यो।
।।।ल ल, उन्नति गरेस्!’
सुखमान गयो।
देवको मनमा आएर एउटा प्रश्न टक्क उभियो– ।।।सुखमानलाई वंश दिने जगमानले कि
किसनले हो ?’
उत्तर छ र पनि यो प्रश्नले देवलाई मज्जैले घोच्यो। कहिलेकाहीँ यस्तो प्रश्न आइलाग्दो रहेछ
कि जसको उत्तर थाहा छ र पनि दिन नसकिने हुँदो रहेछ । बाब्गो अर्थ लगाउनुपर्ने आइपर्दो रहेछ ।
... ... ...
।।।सुखमानेले पनि नागरिकता बनाएछ नि ?’
।।।वंश नपाएर हैरान थियो, पाएछ त बाउ ।’
।।।देवकै बि ́ाइँ पो थियो कि त्यो वेला । के थाहा ?’
।।।होइन होलौ। यस्तो ता बोल्नु पन्अधमै हुन्छ हौ। बिचरा ! सुधो भैँसी बराबर ।’
गाउँमा गाइँगुइँ हल्ला चले। देवको कानसम्म पनि छस्स आइपुग्यो नै। सुखमानलाई सारै
नमिठो लाग्यो। ऊ देवको पास बेस्सरी रोयो। देवले खासै वास्ता गरेनन्।
।।।सानो चित्तको आगोले बोसो पाक्दैन; ठिक्कले सेकाए मात्रै पाक्छ । ठूलो आगो बाल्दा आगैले
पग्लेर बोसै खाग !’ बाबाले सधैँ यसो भन्नुहुन्थ्यो। देवले पनि यही कुरा मनमा लिए– ।।।शुद्ध मनले कर्म
गर्नू ! जैल्यै फल मिल्छ ।’
देवले इन्द्रालाई सम् ि́ए ।
बिचरी ! घर न घाटकी भई । अहिले कता पुगी कुन्नि, पत्तो छैन । बरू इन्द्रालाई त्यस्तो
बनाउने भमरो किसन हो। कत्रो मान्छे भइसक्यो? इन्द्रालाई त के सुखमानलाई सम्म थाहा छैन ।
... ... ...
।।।ऐ फुँडी, पेटमा कस्को बच्चा बोकेको होस्? खरक्कन भन् !’ कान्छी रैनीले मलिबाँसको
भाटा उज्जाइन्। राता राता आँखा फारिन्। दायाँ पैताला जोडले भुईंमा बजारिन्। मुर्मरिइन्, ।।।कि
मार्दिम्हौ।’
इन्द्रा थरर कापी ।
।।।भन् ऐ नखरमाउली !’ साइँली काकीले छेपारीमाथि सम्मै लुब्गी उचालिन् । कान्छीको
हातबाट अघिको भाटा मिलिकमै थुतिन्। इन्द्रामाथि उज्जाइन्। दप्काइन्, ।।।भन्छस्कि हैना हँ ?’
।।।ए हातै चैँ नहाल है!’ साइँला काकाले भाटा खोसिहाले। भने, ।।।उसै त दुई ज्यानको छ ।’
इन्द्राले भुईंतिर मुन्टो ́ुकाएकी थिई । ऊ थरर काँपिरहेकी थिई ।
।।।हे पाप ! हखक्थू!’ गलोबाट एक लाफ्रो थुक फ्यात्तै भुईंमा खस्यो। कान्छी रैनीले दुवै आँखा
चिम्म गरेर आकाशतिर अनुहार पारिन्। भनिन्, ।।।के के देख्नुपरेको है यस्तो !’
।।।कसको नासो बोकेकी होस्भन्ऐ!’ जेठीले कपालमा मजेत्रो करप्पै पारेर बाँधिन्। भनिन्,
।।।फलाफली भन्ऐ ! समाज छुब हामी ।’
।।।भन्छस्कि हैनास्ऐ...’
।।।किकिकि...स्... जगमानेको!’ थर्थराउँदै भनिदिई इन्द्राले।
।।।के रे!’ जेठीका हातगोडा गले। भुईंमा थचक्कै भइन्।
।।।देख्यौ ता । भन्दै थेँ नि म ता ।’ कान्छी रैनीले लामो सास फेरिन्।
।।।राम, राम, राम ! के सुन्नुपरेको नि यस्तो?’ जेठीको मजेत्रो भुईंमा खस्यो। दायाँ हत्केलाले
पुर्पुरोमा हिर्काउँदै छोरोतिर हेरिन्। थुकिन्, ।।।थुइया !’
।।।मैले हैन आमा ।’
।।।ए, हैना ?’ साइँला काकाले जगमानको ढाडमा एक भाटा बजारिहाले। भने, ।।।गर्ने वेला मज्जा
गर्ने । अइले हैना भन्ने। तैँले नगरेको भा, तेसै नाम लिन्छ यो अढबेस्रोले ?’
ढाड तन्काएर जगमान जुरुक्क उठ्यो।
।।।नपत्याऊ आमा ! कुरा अर्कै छ ।’ जगमान कहालिए जसरी बेस्मारी करायो। यसरी कराउँदा
उसको स्वर ख्यासे भएको थियो । उसले डिलमुनि फुत्तै फाल हान्यो । तल्लो गरोको डिलमा पुगेर
फेरि एकपल्ट करायो, ।।।यो सबै ́ेल हो आमा । तिमीले नपत्याऊ !’
।।।समात्! समात्!’ भीमसिन करायो।
।।।उ... हेर ! एक्ले बर काटिहाल्यो नि ।’
सबैले बरडाँडातिर हेरे। हेर्दाहेर्दै सबैका आँखाबाट जगमान बेपत्ता भयो।
... ... ...
।।।अब के गर्छेस्त जेठी ? छोराले बिमाख गरिहालेछ ।’ कान्छा राईले अदवका साथ भने, ।।।घर
लैजाऊ र सम्हाल ! जे भए नि आफ्नै रगत हो।’
जेठी बोल्न सक्ने अवस्थामा थिइनन्। निःशब्द र निरीह घोप्टो मात्रै परिरहिन्।
।।।केना बोल्दैनस्ऐ साइँली ?’ कान्छी रैनीले अलि ठूलो स्वर गरिन्।
।।।के बोल्नु र कान्छीमा ।’ जेठीले लक्पकाउँदै भनिन्, ।।।त्यो नाबालकले के गर्ला र त्यस्तो ?
पापै लाग्छ ।’
।।।ए, पाप पो हुन्छ ?’ कान्छी रैनीको कर्कश स्वर थपियो। उनले भनिन्, ।।।यो अढबेस्रोले त्यसै
नाम लियो होला त ?’
इन्द्रा अलि अढबेस्रो थिई । कान्छा राईकै घरमा बस्थी । भैँसीलाई घाँस काट्नु र जाँतोमा
मकै पिस्नुबाहेक अरू केही जान्दिन थिई । बिहानको उज्यालो नखस्दै पाँच पाथी मकै भने पिसिसकेकी
हुन्थी उसले।
।।।जवानी त अढबेस्रोलाई पन्आयो होला नै।’ साइँली काकीले यति नै भनिन्। उनले जेठीलाई
आँखा टेढा पारेर हेरिन्। भनिन्, ।।।जगमाने त बेस्रो थेना नि । दुई खुट्टे...’
।।।लु भयो माइली आमै।’ जेठी अब अरू सुन्न सक्ने थिइनन्। उनले समाजको अगाडि केही
भन्नु उचित ठानिनन्। इन्द्रालाई उठाइन्, ।।।लु हिन्अब ! घर गरिखा ! बेलायक छोड्दिनँ। मेरै छोराको
रगत रहेछ भने पौरख देखारै खानेछ तेरो पेटको बच्चाले।’
जेठीले इन्द्रालाई घर लगिन्।
पछिसम्म गाउँमा कुरा हुन्थ्यो—
।।।गर्भ त किसनको अरे !’
।।।जेठीले दुई मुरी मकै, दुई मुरी कोदो र तीन मुरी धान पाई अरे नि त !’
।।।दुई हजार रूपैँया पनि लिएको अरे है !’
कान्छा राईको नाति हो किसन । मस्त जवानीको थियो। इन्द्रासित किसन लहसिएछ । घाइँघुइँ
त चल्दै थियो नै। जब इन्द्राको पेटमा गर्भ बस्यो, गाउँमा हाहाकार भइहाल्यो। समाज बस्यो।
गाउँमा जेठी सबैभन्दा गरीब थिइन्। जेठा देउजा पहिल्यै बितेका । दुःख–सुख तिनले छोरा
हुर्काउँदै थिइन्। जगमान पन्ध्रै वर्षको मात्र थियो। जग्गा–जमिन साह्रै कम थियो। एक हल गोरु नै
पनि नलाग्ने। खान–लाउनलाई जहिल्यै अरूकै मेलापात जानुपर्ने ।
चार महीनापछि—
जेठीको घरमा इन्द्राले छोरो जन्माई । दुःख नपाओस्भनेर जेठीले बच्चाको नाम राखिदिइन्—
सुखमान । सुखमान अर्थात्सुखमान देउजा ।
तब त्यो कथा त्यति वेलालाई त्यतिकै सकियो, साम्य भयो।
... ... ...
झन्डै बाह्र वर्षपछि—
।।।जगमान त माउमादी पो भर आएछ नि !’ हसिनाकुमारले खुसुक्क भने।
।।।लौ हो र ?’
।।।अँ त अरे।’
।।।जगै हँसायो बज्जेले।’
।।।त्यसो होइन ।’ हसिनाकुमारले भने, ।।।केटोलाई निया नभाको हो उवेला । बिराउने एउटा,
ब्याकी माग्ने अर्को ।’
।।।भन्नाले ?’
।।।तँ बुझ्दैनस्यस्तो कुरा ।’
।।।अँ अँ तिम्ले मात्तै बुझ्छौ। हामी त कन्फट्टा मात्तै।’ हसिनी ठुस्स परी । ऊ कुनापट्टि फर्किई
। उसले फुस्फुसाउँदै भनी, ।।।कान्छाघरेको छोराको बि ́ाइँ उसलाई अप्टिक लागेको हैना र ?’
।।।अनि जानेबु ́ेकै रछौ त ।’
।।।जान्दुब्ना त !’ हसिनी फेरि मसिनातिर फर्किइन्। भनिन्, ।।।अनि अस्तिना कान्छा राईबाट
एक लाख चन्दा पुन्लग्यो रे त ।’
।।।छुस्!’ हसिनाकुमारले हसिनीको ओठमा औँलाले थिचे। भने, ।।।अरूतिर यस्तो कुरा नगर्नू ।’
।।।खै छोड ।’ हसिनीले हसिनाकुमारको औँलालाई हटाइन्। भनिन्, ।।।कति ना उल्लाई मात्तै के
बोल्नु हुने, के बोल्नु नहुने भन्ने था छ । हाम्लाई त कर्करे नै सम् ि́न्छ बे !’
।।।के था नि । खसखसाउने किलकिलेको भर हुन्न भन्छन्...’
।।।लु भो!’ हसिनीले हसिनाकुमारलाई दाइने खुट्टा बोकाई हालिन्।
उसै गाउँ, माओवादीको अत्याधिक प्रभाव पर्ने भइहाल्यो । तबै माओवादी नेता, गाउँमा
शानमान उसै बढ्ने भइगयो। जगमानले इन्द्रालाई घरबाटै निकालिदियो। सुखमानलाई जेठिकैपास
छाडेर इन्द्रा पारि फलाटेतिर गई ।
सुखमान पनि घरमा टिक्न सकेन । उसलाई देवले आश्रय दिए । तब सुखमानको नयाँ आख्यान
सुरू भयो। उसैलाई थाहा नदिई कुनै प्राचीन जातिको मिथकजस्तै सुखमानको जन्मकथा कतै विलीन
हुँदै आउन थाल्यो। तर, कसले भनिदियोस्कि दुई मुरी मकैमा साटिएको हो उसको जात । दुई मुरी
कोदोमा फेरिएको हो उसको थर । तीन मुरी धानमा बदलिएको हो उसको नियति । दुई हजार रूपैँयामा
बिकेको हो उसको खास परिचय । कसले भनिदियोस्सुखमानलाई ?
पढाउने कल्ले र ? पढेन, पढ्न पाएको भए पो पढोस्त ।
यही गाउँ भएर मध्य पहाडी लोकमार्ग खनिन थालियो। गैँती, बेल्चा, झम्पल, कोदालोले नै
भीर, डाँडा र पाखाहरू फोरिन थाले। सुखमान यतै काम गर्न थाल्यो। यतै भेटिइन्देउकी । नजिकियो
देउकीसित । आउजाउ बढ्न थाल्यो, एकदमै बाक्लो बाक्लो।
बाउआमाका एक मात्रै छोरी देउकी । सारै रोगी थिए दुवै। उमेर पुग्दै आएकी । उसैले धान्दै
थिई दुःखसुख । बाउआमाले पनि खै गरेनन्।
हल गोरुले आधा दिनमै जोतिसक्ने पाखोबारी मात्रै जायजेथा । त्यही पाखोबारीमा झुप्रो घर
। खेताला, मेलापातले नै धान्नुपर्ने, पौरखले बाँच्नुपर्ने । पढ्नलेख्न नपाएकी देउकीलाई पौरखी र पाखुरे
लाग्यो– सुखमान । उमेर मिल्ने, मन पराई उसले पनि । बहुतै पो।
मन मिल्यो दुवैको। पछिको बारे त किन पो सोचिराख्नु र ? जेमन्तै होस्। मन परिहाल्यो त
। कसले सोचिबस्छ धेर । बिहे पनि पो गरिहाले ती दुईले। देउकीकै घरमा बस्न थाल्यो– सुखमान ।
ठूली छोरी जन्मिई । सुत्केरी ज्यानलाई पनि धेरै आराम दिइन देउकीले। पैसा मज्जाले कमिन्थ्यो ।
चार महीनादेखि नै फेरि सडक खन्ने काममै खटिई । दुई वर्षमा फेरि दोजियाकी भई । छोरी नै जन्मिई
यसपालि पनि । सुत्केरी हुँदा झन्डै झन्डैले मात्रै बाँचेकी । यसै साल खस्यो आब ।
धुले सडक बन्यो। अब डोजरले गर्ने भयो काम । मान्छेको काम सकियो। विस्तारै ट्याक्टर,
ट्रकहरू कुद्न थाले। कैलेकैले त्यतै लहसिएछ सुखमान ।
... ... ...
।।।ट्याक्टर चलाउन छाडेछन्कि अब ?’ सपनाले मनमनै सोधी आफैलाई । हेरी उता । उनै
पौरखी र पाखुरे सुखमान, अहिले खोच्याउँदै गइरहेका थिए– खच्याबखच्याब ।
Comments