+977-1-4794580/615
263 Views
0 loved this
ढुब्गे धाराले धरर गरिरहेकै छिन्। एकतमास छे सपना विगततिर ।
एसएलसी दिएर रिजल्ट पर्खिरहेको साल त हो—
।।।काकीले सुन्नुभो?’ धारा भरेको आवाजलाई नै छिचोल्ने हस्याब्फस्याबमा भनी सोमूले, ।।।चमा
त पोइला गो नि ।’
।।।अँ, अस्तिदेखि नै सपनामा बाघले सुँगुर लगेको त देख्दै थेँ ।’ देउकी भाउजूले भरिएको
पानीको गाग्रो धाराछेउ बनाइएको सिँढीमा अड्याइएको डोकोमा लगाउँदै सोधिन्, ।।।केटा त कताको
पो रे कान्छी ?’
।।।भिरालेको।’ सोमूले भनी, ।।।ब्रिटिशको लाउरे।’
।।।ए, भाग्य नै चम्केछ नि !’ देउकी भाउजूले डोकोको नाम्लो मिलाउँदै भनिन्, ।।।जूनघामै दाइने
भएसी जैल्यै पासा आफ्नैमा भन्छ । हो र छ । पोर आको कुटुम्ब पन्कुलघरानकै थ्यो।’
।।।त्यै त भाउजू।’ सोमूले वरपर आँखा घुमाई भनी, ।।।केटीले यसपालि नै एसएलसी पनि गरेको
।’
।।।अब त ठूलीकान्छीहरूको पन्पालो आयो होला नि ?’ देउकी भाउजूले पालैपालो गरेर सपना
र सोमूलाई हेरिन्। त्यसपछि धारामाथि फक्रिरहेको धोबीफूललाई हेर्दै जिस्काइन्, ।।।यो फूल पन्कस्तो
मजाले फक्रेछ । कुन लाउरेको सपना सप्रिँदै छ कुन्नि ? भरैभोलि कता हो, अर्को कुटुम्ब पन्गाउँ
पस्दै छ भन्ने गाइँगुइँ सुनेको छु। त्यो पन्लाउरे नै अरे है।’
सपनाले तुथपेस्टसहितको थुक पिच्च थुकी ।
।।।छ्या, भाउजू पनि !’ सोमूले भनी ।
सपनाले देखी– चढ्दै गरेको जोभनले धपक्कै सोमू। झलमल्ल घाम र खुला किताब । गालामा
एकाएक लाली भरियो । उसले धोबीफूललाई हेरी । धोबीफूल र सोमू एकअर्कामा बराबर सुन्दर ।
सपना मुसुक्क मुस्कुराई । गडेर हेरी सोमूतिर । यही वेला हेरिछे सोमूले पनि । दुवैको हेराहेर भयो।
खै कस्तो हो, कहीँ कतै गहिरो प्रेमजस्तो आभास भयो। एक प्रकारले बतास भएर कतै सरर बहिगएझैँ
भयो मन । मानौँ, साम्नेमा कुनै लयात्मकता हुनुको अप्ठेरो थपियो तत्काल । दुवैले हल्का लजाएझैँ
गरे, तिनका ओठ थर्थराए समान किसिमले।
सपनाले सोमूमा देखी– युवती कौतूहलको मोह थामिन नसकेझैँ, उदाउँदो सूर्यको कलिलो
किरणजस्तै उसको गोलो मुहुडाभरि आँखा, ओठ, निधारहुँदै कानको लोतीसम्मै भरिलोपनाको सर्सराहट
उज्यालियो। बोजूले हुइहुइमाको कथा भन्नुभएको थियो, याद भइआयो। यस्तो—
उहिल्यै सृष्टिमा किरातीहरूकी आदिपूर्खा हुइहुइमाले आफ्नो लागि जोडी नपाउँदा व्याकुल
भएर जब्गलजब्गल ललनीबिलनी गर्दै दगुर्दा सुसेला लगाउँदै, काउलोको रूखको हाँगामा चढेर
कलिला पातहरूको पिपिरी बजाउँदै सब्गीतको लय भरिन्अरे। सर्सर बतास चल्ने नागीका चउरहरूमा
डाँडाहरूमा बतासको बयेली खेल्दै खोलाको छबछब आवाजसँग ठट्टा गर्दै डुल्दैघुम्दै कथामा झनै
रोमाञ्चकता थपिन्अरे। अजब्गअजब्का रूख र भीरहरूमा कसिलो बाँधिएर जेलिएका लहराहरूमा
पिब खेल्दै ठूलो पोखरी भएको ठाउँमा पुगिन्अरे। अनि, अनि त पोखरीको किनारमा बसेर ।।।हुइहुइ
हुइहुइ’ गर्दै चर्को चर्को स्वरमा कराइन्अरे। भनिन्छ– मान्छेले बोलेको पहिलो शब्द नै यही ।।।हुइहुइ’
हो अरे। उनै हुइहुइमाले शब्दको सुरूवात गरेको अरे। भनिन्छ– त्यसै बेलादेखि मानिसमा भावधारा
सुरू भयो। उनले भावुक भएर भनिन्अरे– ।।।ए, कोही छौ कि ? अदेखा, अन्जान बसेको कोही छौ कि
? म त एक्लो भएँ । म त आकुलव्याकुल पो भएँ... ।’
त्यसपछि त आँधीबेहेरी चल्यो अरे। पोखरीमा छाल उठ्यो अरे। छालले त पोखरीबाट उसैउसै
झर्झराउँदी, धपक्कै बलेकी युवती पो निकालिदियो अरे। युवतीले भनिन्अरे– ।।।म पनि त वर्षौंदेखि
एक्लो छु। व्याकुल भएर तड्पिरहेको छु। आऊ, हामी दुवैको व्याकुलता मेटाऔँ...’
त्यसपछि त ती युवतीले हुइहुइमालाई अँगालोमा बेरिहालिन्अरे। ती दुवै एकअर्कामा कसिलो
गरी बाँधिए अरे। कानमा सुस्केरा लाउँदै, ओठमा ओठ जोड्दै, शरीरका सबै अब्गअब्गमा मुलायमी
पाराले छुँदै (स्पर्श गर्दै) ती दुई त बेरिए अरे। धेरै बेरसम्म आँधीबेहेरी चलिरह्यो अरे, छाल उठिरह्यो
अरे। विस्तारै विस्तारै आँधी रोकिएर, छाल घटेर गएपछि ती दुईले त्यही पोखरीमा हाम फाले अरे।
वर्षौंसम्म ती दुई त्यही पोखरीमा माछा भएर बसे अरे।
।।।त्यसै डोरोबाटोले भेटिल्याएको अरे। आँधीबेहेरीले, छालले मान्छेको मन त्यसै त्यसै व्याकुल
बनाई त हाल्छ । वनजब्गल डुल्दा मन बहकिजान्छ । पिब खेल्दा मन रमाई त हाल्छ । पोखरी देख्दा
पौडी खेलूँ खेलूँ लागिहाल्छ । होस गरेस्है होस गरेस्!’ बोजूले यसो पनि भनेर वेलावेला खै गरिरहनु
हुन्छ ।
मानौँ, प्रकृतिले नै युवती चञ्चलतासित बाँध्ने पछ्यौरा सप्कोको भाव बुझ्छ र लहराजस्तै
सम्बन्धको कसिलो बन्धन बाँध्छ । मानौँ, अहिले यस्तै भएकी छे सोमू। यस्तै भएकी छे सपना ।
कथा यसै भव्य छ । कथा मनोविज्ञानको छ । कथा सिग्मन्ड फ्रायडको झाँको झार्ने किसिमको
छ र कथा इष्र्या लाग्दो छ । जीवनको रसिलोपना उसैउसै भावावेगले बढ्छ नै। सपनाले सोमूको
सम्पूर्ण हाउभाउमा अब मनमन्जरी, योवनको आकुलव्याकुल तिर्खा र पानी–प्यासको खुला उद्घाटन
भइसकेको देखी । ऊ फेरि एक पटक मुसुक्क मुस्कुराई ।
सोमूले धेरै बेरसम्म सपनासँग आँखा जुधाइरहन सकिन । उसले थोरै शिर झुकाई । बरू
दायाँ खुट्टाको बूढीऔँलाले भुईं कोट्याउन थालिछे त्यसैत्यसै।
।।।लाउरेसँग भनेसी त मनै बहकियो कि कसो हो कान्छी ?’ देउकी भाउजूले फेरि जिस्काइन्
।
।।।जानु छैन लाउरेसँग ।’ सोमूले फ्याट्टै भनी ।
।।।लाउरेबाहेक कल्ले पो सुखले पाल्छ र कान्छी ?’ देउकी भाउजू अलि गम्भीर जस्तो भइन्।
।।।पाल्छ पाखुरी भाकोले।’ सोमूले सपनालाई पुलुक्क हेरी । भनी, ।।।मन पो सुख ।’
।।।भन्छौ नि कान्छी ।’ देउकी भाउजूले कस्मिरी बर्काेलाई एकापट्टि पट्याइन् । त्यसपछि
पट्याएको भागलाई टाउकोमा राख्दै घुम जस्तो गरेर ओढिन्। भनिन्, ।।।मनले नै सुख हुने भा मान्छेले
किन कामैमा मरिहत्ते गर्नुपर्थो र ? सम्पत्ति नै त छ ठूलो। लाउरेसँगै हुन्छ सम्पति, उसकै हुन्छ रवाफ
।’
।।।त्यै सम्पत्तिकै रवाफ त हो नि ।’ सोमूले अब ताँबे गाग्रो मस्काउँदै भनी, ।।।मलाई त त्यस्तो
सम्पत्ति चाहिँदैन । नाथे ! राइफलको सिरानीको जीवन के जीवन ? अहिले छ कि भरे।’
।।।भोगको कुरा हो कान्छी ।’ देउकी भाउजूले सपनापट्टि हेरेर भनिन्, ।।।लाउरेकै इज्जत छ ।
सम्मान छ । नभा भएभरको सप्पैले किन पो लाउरेकै पछिपछि लाग्थो र ।’
सपनाले मुखबाट ब्रस झिकी र फेरि एक पटक पिच्च थुकी ।
।।।लु... मलाई चैँ लाग्नु छैन लाउरेको पछिपछि ।’ भनी सोमूले।
।।।यसै भन्नेले चैँ लाउरेसँगै नगई हुन्न है।’ टुक्रुक्क बसेर टाउकोमा नाम्लो लगाउँदै देउकी
भाउजूले भनिन्, ।।।मान्छेले त जे गर्दिनँ भनो, त्यै पो गर्नुपर्छ नि ।’
।।।त्यस्को आँखामा फुला परोस्र पत्याइदेओस्!’
।।।किन पत्याउँदैन ?’ देउकी भाउजूले उठ्दै भनिन्, ।।।जुरेको चैँ हुनुपर्छ । घुमीघुमी आउँछ ।
तिमीले मन मात्रै गर न । के छ विचार ?’
।।।लु भो, हामी जस्तोलाई त ।’ सोमूले देउकी भाउजूको डोको उचालिदिई । भनी, ।।।लाउरेहरू
त राम्री राम्री मात्रै खोज्छ ।’
।।।त्यै र त लाउरेको नाउ सुवास छ ।’ देउकी भाउजूले डोकोलाई अलि सजिलो बनाएर ढाड
तन्काएजस्तो गरिन् । भनिन्, ।।।लाउरेसँग भा देशविदेश घुम्न पाइने । सधैँको हाइसन्चो । यो नाथे
गाउँघरको ठाउँमा सधैँको झरीबादल । सधैँको लछारोपछारो । न मिठोमसिनो छ, न आरामी नै।
सधैँको सुँगुरकुखुरा । सधैँको ढिकीजाँतो र दाउराघाँस मात्तै त हो।’
कहाँ छैन लाहुरेको सम्मान ? कहाँ छैन इज्जत ? कहाँ छैन प्रतिष्ठा ? देउकी भाउजूको कुरा
सपनालाई मनासिब लाग्यो । उसले मनमनमा लाहुरे तरब्ग उठाई । चुलामा, भान्छामा, पँधेरामा,
मेलापातमा, घाँसदाउरामा, गोठालामा जहाँसुकै लाहुरेकै त चर्चा छ । लाहुरेकै त चासो र शान छ ।
गाँउटोलमा, हाटबजारमा लाहुरेकै त रवाफ छ । बाबुआमाको चिन्तामा अथवा बढेकी छोरीको सुखद्
भविष्यप्रतिको चाहनामा वा मायामा लाहुरे नै। अझ युवतीहरूको सपनामा त झन्लाहुरे नै लाहुरे।
लाहुरे नै सुख, लाहुरे नै जीवन । लाहुरे नै भाग्य, लाहुरे नै प्राप्ति । आयाम, विज्ञान, वाद, धर्म, दर्शन,
राजनीति अथवा शास्त्र सबै थोक लाहुरे। सम्पूर्णमा लाहुरे नै। लाहुरे नै जिन्दगी, लाहुरे नै समर्पण ।
लाहुरे त यसरी आइदिन्छ कि काकाकुलजस्तो जिउनुमा लाहुरे नै समुद्र–सागर । उजाड र खुरखुरे
पाखाको बाँच्नुमा लाहुरे नै वसन्तको वहार । हरियाली र पालुवा । यस्तो झर्भmर इन्द्रेणी कि सातै
रबको छबछब छाँगा र छहरा । न कुनै बिस्मात न कुनै प्रश्न नै। न कुनै तर्क न कुनै तगारो। न त
कुनै पर्खालको छेकाबार नै। जहीँतहीँ लाहुरेकै स्वागत । लाहुरेकै स्विकृति । लाहुरे नै भाग्यविधाता ।
लाहुरे नै मान्यता ।
।।।जेसुकै भन्नोस्भाउजू। म त बिहा गर्दिनँ ।’ सोमूले भनी ।
।।।जुरन भन्ने फर्कीफर्की आउँदैन । भाग्गे त चिन्नुपर्छ है।’ देउकी भाउजूले पाइला सार्दै भनिन्
।
।।।लौ, म त गएँ है नानी हो।’
।।।हुन्छ भाउजू।’ सपनाले भनी, ।।।बरू अम्बीलाई चैँ पठाइदिनुहुन्थ्यो कि ? ऊसित काम थियो
।’
।।।त्यल्लाई के फुर्सद होला र ?’ देउकी भाउजूले भनिन्, ।।।अचेल त त्यो पन् कुख्राको सुली
बाब्गो देख्दा हाँस्ने भइगाको छ । कुन घरमा फत्तरफत्तर गर्नु पुगिसको होला । फिटिक्कै ध्यान छैन
काममा । घरमै रछ भने भन्दिम्ला ।’
देउकी भाउजू गइन्।
।।।ओइ, तँ किन बिहे नगर्ने?’ सपनाले अनायासैसोधी ।
।।।तँलाई चैँ किन चाहियो नि फेरि ?’ सोमू रातो न पीरो भई ।
।।।कारण त हुन्छ नि कान्छी ।’
।।।तँ बुझ्दैनस्।’ सोमूले भनी ।
।।।किन बुझ्दिनँ ?’
।।।बुझ्दैनस्भनेपछि बुझ्दैनस्।’
।।।के म अबुझ हुँ ?’
।।।हो।’
।।।पक्का ?’
।।।पक्का !’
।।।किरे ?’
।।।किरे!’ सपनासँग झन्डै टाँसिई सोमू।
।।।कसम ?’
।।।कसम !’
।।।माटोले सक्ने ?’
।।।जबरजस्ती नगर्है सप्ने!’ सोमू झन्डै रोई ।
सपना निःशब्द भई ।
सोमूले चुपचाप चुपचाप पानी भरिएको गाग्रो उठाई । दाइनेहातले गाग्रोको घाँटीलाई बेरेर
गाग्रोको पिँध दाइने कम्मरमा टसक्क राखी । हिँडी सरासर । किन हो कुन्नि ? ।।।गएँ है’ पनि भनिन ।
बरू उसले लगाएका हवाइ चप्पलहरूले ।।।फट्याक् फट्याक्’ गरेको आवाज भने क्रमशः क्रमशः
धिमाधिमा हुँदै गयो। सायद, सोमूको बिदाको भाव चप्पलहरूले नै भनिरहेका थिए ।
... ... ...
साँझको समय टरिसकेको थियो। सोमेपाको घरको माइतीपक्षका सप्पै हकवाला दाजुभाइहरू
चुलाको वरिपरि जम्मा भएर बसेका थिए । देवी फुपूका साथ एक जना भारी बोक्ने, एक जना वृद्ध र
उनका लागि एक जना साथी थिए जो अलि भर्खरका थिए । फुपू चुलादेखि अलि परै गुन्द्रीमाथि
ओछ्याइएको राढीमाथि आफ्ना तीन साथीहरूसँग लहरैमा पलेँटी कसेर बसेकी थिइन्।
साठिको उमेर खाइसकेका सम्बरेपा कोपा, माइला धामी, जीतेपा देवाहरूसँग सोमेपा हार
मिलाएर खोसेलाले बुनेको पिरामाथि टुसुक्क थिए । अर्काे छेउमा लहरै राखिएका मुढाहरूमाथि राखोले,
सञ्जय र निसान थिए । सबैको बसाइ रातको कुपीको धिमा प्रकाशले अझ रमणीय बनाइरहेको थियो
।
।।।पासुबचेउ (पाका पुर्खाहरू), म तपाईंहरूकै मायाको फूल, कोखको दुःख ।’ फुपूले एक मटिया
भातीजाँड र एक कठुवा रक्सी बूढाहरूको अघि राखिदिइन्र दुवै हात जोडेर नमस्कार गर्दै भनिन्,
।।।चेलीले दुःख नपाओस्भनेर कुलघरानमै दिनुभो। र पनि परिपाठ लाउन जान्दिनँ । रीतिसंस्कार भन्ने
सारो हुँदो रैछ । फेरि दुःख दिनु आको। माया गर्नु नै हुन्छ, लाजगाल पर्ने छैन है।’
।।।हना, ओको देचि मोलो (यो के हो ?) ।’ सम्बरेपा कोपाले मटिया र कटुवातिर देखाउँदै सोधे
।
।।।पासुबचेउ, फूलको वासना डाँडावारि, मान्छेको वासना डाँडापारि तपाईंहरूको हृदयमा
मजस्तै फक्रेर, तपाईंहरूकै कोखबाट जन्मेको, मायाको फूल हाम्रो सोमूलाई त फूलबारीमा फक्रेको
सुन्दर फूल देखेछ, मोतिजुहार देखेछ र कुटुम्बहरूले मायाप्रेम गरेछ । तपाईंहरूको कुलधरानमा जन्मेको
छोरीचेली आफ्नो घरमा ल्याइयो भने त सिद्धिसह रहन्छ, नामसुवास चल्छ भन्ने सोचीसम्झी मागिलगौं
भनेर पो।’ फुपूले अझ स्वर खिपिन्र भनिन्, ।।।न्यानो आत्मा मिठोमाया भन्छ क्यारे । म त शुभ
खबर लिएर आको। म त अरौटे। बच्चा पाउने, ओथारो बस्ने आमाबाबुको चित्त पो दुखाउने हुँ कि
? यो त हाते शुभ सगुन, हाते कोसेली मात्रै हो। तलमाथि भए म त शरण परेँ है।’
।।।हना, के पो भन्छ ? यो सपना त होइन ?’ सोमेपाले विपरीत फर्केजस्तो गरे।
।।।दाजै, यो सपना होइन, बिपना नै हो । उज्यालो, झुल्के घाम नै हो है।’ फुपूले भनिन्न्,
।।।दाजै, यो त सत्ते, साँचो खबरीको बात हो है।’
।।।मेरो फकाउनु, भुलाउनुपर्ने छोरी । कोक्रोमा बस्ने, खाना खुवाउनुपर्ने हात हेरो हातै नराम्रो,
खुट्टा हेरो खुट्टै नराम्रो गर्नु, बनाउनु र खानु नजान्ने बोल्नु, हाँस्नु नजान्ने। बाबुआमाले नसिकाको केटी
।’ सोमेपाले ठूलो स्वर गरेर भने, ।।।तिमी अरौटेको बाटो गल्ती, हिँडाइ गल्ती, देखाइ गल्ती पो भयो कि
? राम्ररी सोचविचार गर्नू। लाजगाल नहोस्है।’
।।।हुँदैन दाजै।’ फुपूले भनिन्, ।।।बाटो हिँड्दा रूखको शीतल ताप्दै, चप्लेटी ढुब्गामा बिसाउँदै,
डाँडाखोलाको बाटो हुँदै, गाउँ–समाज सोध्दै, सत्तेसाँचो कुरा गर्दै तपाईंहरूको समक्षमा चित्त राख्ने
खबर भन्न आुको है।’
।।।नाता हजुरहरू !’ फुपूको लहरमा बसेका वृद्ध अलि अघि सरे। दुवै हात जोडेर भने, ।।।परापूर्व
कालमा, जान्नेबुझ्ने विद्वान्को रीतिथितिमा पूर्वज बोजू सुम्दिमा र पूर्वज बाजे पारुहाबले मायाप्रेम,
विवाह गर्ने मनसाय लिँदा पुख्यौली सम्बन्ध, कुटुम्बेरी सम्बन्ध, मानव सम्बन्ध, फक्रेको सम्बन्ध, अटल
सम्बन्ध सत्यसाँचो भई आयो । त्यही डोरोले बाँधिँदै आएर आफ्नो घरको छोरीचेली अर्काको घरमा
लाने र अर्काको घरको छोरीचेली आफ्नो घरमा ल्याउने भई आयो। हजुरहरूको हृदयको फल, हृदयको
घाउ, खेलाउनुपर्ने छोरी, फकाउनुपर्ने छोरी, दुःखले हुर्केर बढेको छोरीको चित्त, यो चलन र रीतिथिति
अहिलेको होइन रैछ, उहिल्यै नै भइआको हो है।’
।।।लौ विद्वान्, विवेकीहरू हुनुहुँदो रछ । मुटुको न्यानो आत्मा ढुक्क भो। लाखदौलत धन्यवाद !’
सोमेपाले मटिया र कठुवातिर हेरे।
।।।ए साइँली, छोरी पाउने तिमी हौ भन्नु क्यै छ कि ?’ माइला धामीले सोमूकी आमालाई सोधे
।
।।।के भन्नु र आपौ?’ बसेको ठाउँबाट अलि अघि सरेर सोमूकी आमाले भनिन्, ।।।छोरा बुहारीको
अरे, छोरी ज्वाइँकै अरे। हाम्रो के लाग्छ र ? गरिखाए हाइसञ्चो। कमलकै फूल ।’
।।।छोरीको आमाले नै हुन्छ भनेपछि भयो । शुभोकार्जेमा किन ढिलो ? लु, सगुन लिऊँ !’
निसानले मटिया र कठुवा समाउन खोज्दै सोमेपातिर फर्केर सोध्यो, ।।।कि कसो त काका ?’
।।।लु लिई हेर्त !’ एकाएक हुर्रिएर आई सोमू। भनी, ।।।मेरो जीवन मेरो निर्णय । मेरो ज्यान
मेरो अधिकार । मलाई नसोधी तपाईंहरूलाई निर्णय गर्ने अधिकार कल्ले दियो हँ?’
।।।ला !’ निसान थरब्गै भयो।
सोमूको नाकका पोराहरू फ्वाँ फ्वाँ गर्न थालिहाले। सबै जना छक्क परे।
।।।एक, दुई, तीन, म बिहे गर्दिनँ ।’ सोमू फन्केर आफू सुत्ने कोठातिर गई ।
धेरैले धेरै लयपय लगाए । सपना देखाए । सुखैसुखका कुराहरू सुनाए । तर, सोमूको निर्णयमा
कसैको केही लागेन । कुटुम्बहरू रित्तै फर्किए ।
Comments