+977-1-4794580/615
247 Views
0 loved this
सोमूसित थुप्रै सम्बन्धहरू छन्। हिजो–अस्तिजस्तो लाग्छ— सोमू फुच्ची थिई ।
नाकभरि सिँगानको लाप्रो, आँखाभरि पहेँला कचेरा बोकेर धारामा बिहानै आइपुग्थी । डल्ली
न डल्ली थिई, पित्तले गाग्री भने ́न्डै ऊजत्रै हुन्थ्यो । भरी पानीको गाग्री ठसठसी कन्दै डोकोमा
राख्थी र बोकेर लैजान्थी ।
उवेलाकी डल्ली पँधेर्नी सोमू कहिले ठूली भई ? अहो ! कहिले भई यस्तो ?
डल्ली नै थिईजस्तो लाग्छ गट्टा खेल्दा । एक चोटि पारि गाउँको जुलुसमा जाँदा होला, अघिअघि
́न्डा बोकेकी ऊ अलि बढेकी हो कि लागेको। ख्यालै भएन । कति चाँडो बढिसकिछ, बढिसकिएछ
।
सुरूसुरूमा भेट्दा कस्तरी लजाउँथी । एकै पोको परे ́ैँ हुन्थी । डरले हो कि लाजले ? के
थाहा हुनु र । उसै डल्ली थिई, चिप्लेकीरा ́ैँएकै डल्लो पर्थी । सम्पूर्ण अनुहार लुकाउँथी । अहिले किन
हो ? केही लजाएको ́ैँत देखिन्छे तर आफूलाई खुला पारिरहेकी ́ैँलाग्छे। हिजोकी एकै डल्लो पर्ने
केटी र चिप्लेकीराको रितमा आज निकै नै फरक भइसकी जरुर । रत्तिभर डर देखिन्न । हाँकिली
भइसकेकी छे। र त रोक्न सकी आफ्नो बिहे। तर, किन गरिनँ बिहे ? कस्तरी सोध्न मन छ । कस्तरी
हुटहुटी छ । कस्तरी कस्तरी औडाहा छ । सोध्ने पो कसरी ? माथि दलिनतिर एकोहोरो हेरेर टोल्हाइरहेकी
छे।
।।।उखुइस्!’ सपना भित्तापट्टि फर्किई ।
।।।यता फर्की । मैले बिहे नगर्नुको कारण जान्ने तँलाई खुपै चाह छैन हैन त ?’ सोमूले
सपनालाई आफूतिर तानी । भनी, ।।।आज म तँलाई भन्छु। मैले भन्ने तँलाई नै त हो। तर...’
।।।के तर ?’
।।।यो कुरा तैँले आज सुनिसकेपछि पूरै बिर्सिनुपर्छ ।’
।।।पहिले भन्न ।’
।।।बाचा गर्कि यो कुरा तैँले कसैलाई भन्ने छैनस्। तैँले पनि बिर्सिदिन्छस्।’
।।।लु बाचा भयो।’
।।।झुक्किएर कसैलाई भनिस्, या मलाई नै कुनै दिन यस बारे कुरा झिकिस्कि त्यही दिन
मरिदिन्छु। तँ पनि मरेसरि हुनेछस्।’
।।।मेरो बाचा भयो सोमू। भगवान्कसम ! म आज मात्रै सुन्छु तेरो कुरा ।’ सपनाले सोमूको
टाउकोमा हात राखेर भनी, ।।।के हो त्यस्तो ? बरू छिटो भन्।’
सोमू ओछ्यानबाट उठेर झ्यालतिर गई । भन्नथाली—
साँ ́को घाम परपर देखिने कालो छायाँमुनि खस्नै आँटेको छ । कुवादेखि पारिपट्टिको पाखोभरि
सेताम्मे फुस फुलेका छन्। तिनमाथि खसेको छ घामको सुनौलोपना । साँ ́पखको सिरिरी बताससित
सुनौला भएर लहरिँदै छन् । उसरी नै खेतका गराहरूमा धानका बालाहरू ́ुल्दा छन् । उसरी नै
सेताम्मे–सुनौला, उसरी नै सुनौला–सेताम्मे।
मन त्यतै लहसिँदो छ । सोमू त्यतै लहसिन थाल्छे। मानूँ कि धानका बालाहरू ́ुलेसरि ऊ
पनि मनको खेतभरि लहलह ́ुल्दै छे। खै कुन किसिमको हो ? अर्कै उद्वेग छ । कताकता आफैसित
चिमोटिँदै छे। कुत्कुतिँदै छे। ऊ आफैमा कुतकुति मान्दै छे। सेताम्मे–सुनौलो मन कतै टाढा उडिजाऊँ
भन्दो छ । घामजस्तै पर । त्यो क्षितिज नाघेर ।
।।।है!’ पछाडिबाट कसैले कम्मरमा च्याप्पै समात्छ ।
।।।आम्मा नि !’
।।।सामू, म के।’
।।।मर्न नसकेको ! छ्या !’ एकाएक शरीर गल्छ । सोमू लल्याकलुलुक भइहाल्छे। चल्मलाउँछे।
करप्पै कसिइसकेकी रहिछे। भन्छे, ।।।नाइँ ! छोड्नू ! छोड्नू न के ! नाइँ !’
।।।नडराऊ न !’
किन छोड्थ्यो र नि । बरू गर्दनभरि सर्ससराहटसहितको त्यसको तातो श्वास पर्न थाल्छ ।
अरराउँदा त्यसका औँलाहरू छातीभरि खेल्न थालिसकेका हुँदा रहेछन्। कस्तरी लागेको काउकुती !
नसाहरू थरर कापे ́ैँलाग्छन्। एकदमै स्पर्शी । तातो जस्तो, कताकता कुत्कुताए जस्तो। भर्खरसम्मको
तन्मयतामाथि अँगालोभरिको द्विग्विजयले एकाएक शरीर गलाएर ल्याउँछ ।
।।।सोमू, म तिमीलाई धेरै माया गर्छु ।’
सोमू केही भन्न सक्दिन । केही गर्न सक्दिन । लल्याकलुलुक हुन्छे, होइदिन्छे। खै कुन्नि केको
लालसा पलाएको हो ? अँगालोबाट फुत्कने मन नै हुन्न । बरू सहजै मानिदिन्छे। भुईंमा पो थचक्कै
बसिदिन्छे बरू ।
तब के चाहियो ? छातीभरि मनमौजी खेल्न थाल्छ ।
।।।सुइ्यय !’
नजिकै हुनुपर्छ, कसैले सुसेलेको तिख्खर आवाज आउँछ ।
।।।ला ! मान्छेले देख्यो नि... !’
मिलिकभरमै अँगालोबाट हट्छ ।
।।।भरे आउँछु ल ।’ कानमा खुसुक्कै यति भनिराख्छ र हतासै हिँडिजान्छ ।
सोमूले शिर उठाएर हेर्न सक्दिन । चप्पल बजेको आवाज भने फट्याक फट्याक गर्दै जान्छ
। हतासले बज्दै गएको छ चप्पलको आवाज । क्रमशः धिमा हुँदै सुनिन छाड्छ । तब भारी र डरभरिको
मनले चप्पल बज्दै गएको दिशातिर हेर्छे । ́मक्कै साँ ́ परिसकेको रहेछ । अहँ, कुनै पनि छायाँ
देखिँदैन ।
पूर्वी आकाशमा गोलाकार जून आइसकेको रहेछ । ठिक यति वेला टलक्क भएर पारि भित्ताको
उत्तिसको टुप्पोमाथि बसेको रहेछ ।
... ... ...
अघिदेखि नै माथ्लो घरबाट ढ्याब्ग्रो बजेको आवाज निरन्तरले आइरहेको छ ।
नन्दे काकाको घरमा चिन्ता छ । बाउआमा र भाइ त्यतै गएका छन् । आज बिपना पनि
आइन । ऊ पनि उतै गई होला । अनि अघि साँ ́को कुराले मनभरि एक खालको मोह पनि छ ।
कस्तो होला ? के होला ? डर झनै धेर छ ।
दिनभरको बिटा बोकाइ । घुप्लुक्कै निदाउनुपर्ने हो; निदाएकी छैन । अहँ, निदाउनै सकेकी
छैन । त्यो सुसेल्ने को होला ? त्यसले देखेर नै त होला सुसेलेको। तर्साको होला । उफ्! भोलिदेखि
त उपद्रै हल्ला चलाउँछ होला त्यसले। त्यसपछि के होला हालत ? तमासैले उदेक पनि खेलिरहेको
छ । कस्तरीको ढ्याब्ग्रो बजिरहेको छ मनमा ! मुटु नै ढबढब ढबढब भइरहेको छ । आ, जेमन्तै होस्
। जसोसुकै होस्। खपूँला नि ।
ओल्टापल्टा कति गरिसकी ? भनिसाध्य छैन । तन्ना नै फाटिसक्यो होला । सिरक ओढ्न
सकेकी छैन । झ्यालमा कति पटक गइसकी ? सुस्केरा हालिहोला सयौं पटकभन्दा धेरै। गनिसाध्य छैन
। बाहिरको जूनको तिख्खर उज्यालो पनि किन होला नि मधुरो लागेको आज ?
अकस्मात !
घद्रक्क गरेर ढोका खुल्छ । बाहिरको जूनको उज्यालोले कालो छायाँ आफूतिर आउँदै गरेको
देखायो। सोमू थरब्ग भएकी थिई । जसरी ऊ दिउँसो समातिएकी थिई, त्यो कालो छायाँले उसरी नै
च्याप्पै समातिन्छे।
।।।म गोम्दु के।’ गोम्दुले कानमा खुसुक्कै भनिहाल्छ ।
।।।छ्या !’ कति छिटो हो, सोमूको मुखमा गोम्दुले आ नो खैनीसरिको थुतुनो जोडिसकेको रहेछ
। ह्वास्सै रक्सीको गन्ध पनि आइहाल्छ ।
कराउने, चिच्याउने कुरै भएन । उकुसमुकुस मात्रै भई; छट्पटाउन पनि पाइन । नाथे,
इलास्टिकको इजारवाला सुरुवाल गोम्दुले छिनमै खोलिदिएछ र कता हो कता हुत्याइदिइसकेछ ।
त्यसपछि ? त्यसपछि त अहो ! कटक्क गरेर कम्मर भाँचिए ́ैँभएको हो। चरक्क भएर च्यातिए जस्तो
लाग्छ जाँघ । चिराचिरा पर्दै फाटे ́ैँ गरेर सम्पूर्ण शरीर दुख्छ । हुरुक्क भएकी हो एकफेरलाई ।
अहिले पनि सम् ́ँदा आब सिरिब्ग भयो । ऊ फेरि एकपल्ट लोग्नेमान्छेप्रति पूरै वितृष्णित
भई ।
होसमा आएपछि सोमू बेस्सरी रोएकी हो। टर्चलाइट बालेर गोम्दुले कोठामा उज्यालो बनाएको
थियो। फकाउन खोज्दै भनेको हो उसले, ।।।नरौ, म बिहे गर्छु तिमीलाई ।’
।।।बाउलाई भन्दिन्छु।’ सोमू ́न् ́न्रुन थालेकी हो। थामिन सक्ने अवस्था कहाँ थियो र ?
गोम्दुलाई के भयो कुन्नि ? शिकार खेलिरहने मान्छे, बन्दुक त साथैमा हुन्थ्यो । उसले त
सोमूतिर बन्दुक पो सोझ्याइसकेको रहेछ । थर्काउँछ पो, ।।।कसैलाई भन्यौ भने यही बन्दुकले तिम्रो बाउ,
आमा, भाइ सप्पै मार्दिन्छु। अनि तिम्लाई पनि मार्छु, म पनि मर्छु । भनेनौ भने तिम्लाई बिहे गर्छु ।
माया गर्छु ।’
तब सोमू चुपो लागेकी हो। उसले त्यो वेला कतै, केही सोच्नै सकिन । ढाडे बिरालोजस्तो
गोम्दुसँग बिहे गर्नुभन्दा त बरू कसैलाई नभन्ने भई । त्यही प्रण गरेकी थिई उवेलै।
त्यसपछिका दिनहरू पो औधीका बने। माया पनि औधी लाग्थ्यो, रिस पनि औधी नै उठ्थ्यो
। बेस्सरी फकाउँथ्यो, मानेन भने बन्दुक तेर्साइहाल्थ्यो । डर लाग्थ्यो— गोम्दुले जसो भन्थ्यो, सोमूले
त्यसै मानिदिन्थी । आफूलाई पनि उसैको अँगालोको मोह बस्दै आयो। आदत लाग्यो। नत्र त कस्तो
कस्तो पो लाग्थ्यो।
लगातार पाँच महीना यस्तो रित चल्यो । तर छैटौँ महीनामा सोमूको महीनावारी आएन ।
अब बित्यास परिहाल्यो। सुनाई गोम्दुलाई । गोम्दुले लामो सुस्केरा हाल्यो। त्यो दिन उसले सोमूलाई
छुँदा पनि छोएन । बरू उसले निकै भावुक भएझैँ ग¥यो।
।।।केही दिनमा सबै ठिक हुन्छ । चिन्ता नगर ।’ यति भनेर गोम्दु गयो।
केही दिन भनेको कहिलेसम्म हो ? गोम्दु नै हरायो। पाँचौँ दिनपछि गोम्दु देखा प¥यो। उसले
औषधि ल्याएको रहेछ । कसरी खाने भन्ने बारे सिकाइराखेर गयो।
त्यसपछि त गएकोगयै भयो।
उपाय नै थिएन, सोमूले औषधि खाइदिई । चौबीस घण्टादेखि औषधिले असर पनि गरिहाल्यो
। झन्डै प्राण लिएको। बाँचिन्छ जस्तो लागेको थिएन, केही घण्टा त । विस्तारै सहन सक्ने हुँदै थिई ।
गोम्दु त विदेश जानु भनेर काठमाडौँ पो गयो रे भन्ने खबर पो सोमूको कानसम्म आइपुग्यो।
त्यसपछि गोम्दु लापत्ता भयो। पूरै सम्पर्कबिहीन, फोनबिहीन, खुटखबरबिहीन भयो।
वास्ता पनि छैन अब । हाँक पलाइसक्यो, आँट पनि छिप्पिसक्यो। विल्कुलै विश्वास र भरोसा
पनि छैन गोम्दु पुरुषहरूसित ।
।।।घद्रक्क !’
।।।आब्बुई !’ सोमू थरब्गै भई । आवाज आएतिर फरक्कै फर्किई ।
।।।म्याउ !’ राघे मोरो रहेछ ।
।।।कस्तरी तर्साउँछस्है!’ मुसुक्क मुस्कुराउँदी रहिछे। भित्ताको ऐनामा आफैले देखिहाली ।
टेबलमाथि बसेर राघे टिलटिल आँखा बाल्दै रहेछ । सिलिबतिर हेर्दै रहेछ । सिलिबमुनि फर्फर
फर्फर गर्दै रहेछ पुतली । पुतलीलाई ́म्टिन खोज्दै रहेछ ।
मोरोले वेला न कुवेला तर्साउँछ । त्यसकी छाउरीलाई जस्तै गरी तर्साउँछ । सातो भएर पो
आउँछ कि ? छायाँ भएर पो आउँछ कि ? घरि न घरि अर्घेलो गरिरहन्छ । एकाएक शरीर तरब्गित
हुन्छ । कस्तो कस्तो काउकुति लाग्छ । दिमागभरि फिनफिन हुन थालिहाल्छ ।
पुक्क परेको अनुहार । अलि खैरा र घुरिला आँखा । भनूँ न आधा चिम्लिएका । पातला तर
लामा लामा जुँगा । ठेँडो नाक । नाकका पोराहरू भने सारै ठूल्ठूला । लफ्रक्क परेका कान । खैरा
आँखीभुइँ । पातला परेला । मसिना ओठ । अरूको भन्दा अलि छोटो नै हो चिउडो। ́न्डैले घाँटीमै
टाँसिएको जस्तो। बलिया पाखुरा । अथ्रक्क परेका हत्केला । उफ्! कस्तो कस्तो लाग्ने के सम् ́ँदै।
तैबरू उनै हुन्। भन्ठानेको हो एकछिनलाई ।
।।।म्याउ ! म्याउ !’
राघे भुईंमा फुत्त उफ्रि ́र्छ ।
।।।म्याउ ! म्याउ !’
घुरघुर घुर्दै राघेले सोमूलाई फन्को मार्न थाल्छ । छेपारीमा ढेसिँदै त्यसका पुच्छरले सप्को
मार्न थाल्छ ।
अहो ! राघे मोरो ! आफूलाई बाँध्न नसक्ने पियासी पुरुष, राघेमा त्यही पुरुष आइहाल्छ ।
आइहाल्छ र च्याप्पै समातिहाल्छ । बेस्कन नब्ग्राउँछ, बेस्कन चिथोर्छ । मानौँ, निरीह मुसा हो सोमूचाहिँ
। लल्याकलुलुक भइहाल्छे। आफूलाई मनलाग्दी छाडिदिन्छे। निर्विरोध छाडिदिन्छे। विजयोत्सव मनाउन
थालिहाल्छ । यस्तै लाग्छ । लाग्छ– कम्मरमा च्याप्पै समातोस्! तब मुलायमी पाराले, विस्तारै सुस्ताउँदै
पछाडि कुमदेखि गर्दन अनि कानको लोती ल्याप्पै चाटोस्! ओठमा ओठ जोडोस्! कस्तरीको मादक
र तातो श्वास ! एकछिनलाई हो। सहजै मानिन्छ क्यारे ! मानिदिम्ला क्यारे नि । भित्रभित्र कतै आफै
́ाँगिएको प्रेम नै मानिदिम्ला । के भो र !
चुस्स परेको दाह्री देखिन्छ, जम्माजम्मीले डेढ दर्जन होलान्। अनुमान हो। चिउडोले गर्दनभरि
घोच्दा यतिकै सब्ख्यामा ठेउलाहरू उठेका थिए । नाक अलि थेप्चो छ, खासै नघोचेको हो । प्रायः
ह्वाब्ग परेको सुतीको जाँघे लाउँछ । सधैँजसो मैलो भेस्ट लाउँछ । मन त सफा नै होला भनेको पनि
उस्तै मैलो नै रहेछ । कपाल भने रब्गाएर राघे नै बनाएको। मौका प¥यो कि बाटो छेकिहाल्ने जहिल्यै
। घुरघुर घुरिहाल्ने जहिल्यै।
हो, राघेमा गोम्दु उप्किन थालिहाल्छ । गोम्दु बराबर राघे। राघे बराबर गोम्दु। के के हो के
के ! सर्लक्कै सर्छ । अहँ, कसो पनि हुँदैन । आँखा खोल्छे । आँखाहरू फर्लक्क पारिराखेर झ्यालबाट
फुत्त उफ्रिजान्छ राघे। उसरी नै जान्छ, जसरी गोम्दु जान्थ्यो यही झ्यालबाट फुत्त उफ्रेर ।
आँखाबाट पिलिलि बग्न थाली सोमू।
।।।सोमू, मानेँ मैले तिमीलाई ।’ सपनाले सोमूलाई गम्लब्गै अँगालो मारी । सोमूको गर्दनभरि
एक वर्षा चुम्बन गरेर भनी, ।।।मेरो प्रेम छ तिमीलाई । गर्व गर्छु तिमीसित ।’
आज एकाएक सपनाले सोमूलाई ।।।तँ’बाट ।।।तिमी’ सम्बोधन गरी । एकदमै आत्मीयसाथ ।
सम्मानपूर्वक ।
Comments